वालिङमा ‘टोलटोलमै पशु स्वास्थ्य सेवा’ अभियान


वालिङ नगरपालिकाले टोलटोलमै पशु स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । विशेष गरी प्रत्यक्षरुपमा पशु चिकित्सक तथा प्राविधिकको सेवा नपुगेका टोललाई प्राथमिकतामा राखेर यो अभियानको थालनी गरिएको हो । बजारभन्दा टाढा रहेको ग्रामीण भेगमा पशु चिकित्सक तथा प्राविधिकको परामर्श, पशुको स्वास्थ्य जाँच सेवा र निःशुल्करुपमा औषधि उपलब्ध गराउने अभियानको थालनीले आफूजस्ता किसानलाई थप हौसला हुने वालिङ–४ च्यारेका किसान सूर्यबहादुर क्षेत्रीले बताउनुभयो ।

“लामो समय विदेशी भूमिमा पसिना बगाएँ, आफ्नै गाउँ ठाउँमा केही गर्छु भनेर स्वदेश फर्किएँ र बाख्रापालन व्यवसाय रोजेँ”, उहाँले भन्नुभयो, “बाख्रापालन गरे पनि आफूसँग प्राविधिक ज्ञानको अभाव भएकाले सोचेजस्तो फाइदा लिन नसकेको बेला आएको यो अभियानले निकै राहत महशुस भएको छ ।” पशुपालन गर्दा किसानलाई आइपर्ने प्राविधिक समस्याका बारेमा टोलटोलमै पुगेर जानकारी लिने र आवश्यक परामर्श, अन्तक्र्रिया तथा निःशुल्क औषधि वितरण गर्ने कार्यले विशेष गरी ग्रामीण भेगका किसानलाई थप ऊर्जा मिल्ने विश्वास उहाँको छ । क्षेत्रीको फर्ममा अहिले ठूला साना गरी ७० वटा बाख्रा छन् । व्यावसायिक बाख्रापालनलाई अघि बढाउने उहाँको सोच छ ।

युवा पशु व्यवसायी क्षेत्रीजस्तै गाउँ गाउँमा रहेका अन्य व्यवसायीको फर्म तथा गोठगोठमै पुगेर पशुको अवस्थाकाबारेमा जानकारी लिनुका साथै देखिएका समस्याको तत्कालै समाधानको पहल गर्ने उद्देश्यसहित ‘टोलटोलमै पशु स्वास्थ्य सेवा’ अभियानको थालनी गरिएको वालिङ नगरपालिका पशु सेवा शाखाका प्रमुख डा वसन्त अधिकारीले बताउनुभयो ।

“यस अभियानअन्तर्गत विशेष गरी ग्रामीण भेगमा रहेका टोललाई प्राथमिकतामा राखेर स्थलगतरुपमै सेवा प्रवाह गर्छौं”, शाखा प्रमुख अधिकारीले भन्नुभयो, “पशु तथा पन्छीको स्वास्थ्य अवस्था, औषद्योपचार, परामर्श तथा निःशुल्करुपमा औषधिसमेत उपलब्ध गराउँछौँ ।” चालु आर्थिक वर्षभित्र वालिङ नगरपालिकाका १४ वटै वडाका ३० वटा टोलमा पुगेर सेवा उपलब्ध गराउने शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । व्यावसायिकरुपमा पशुपालन गरेका वा पशुपालनतर्फ आकर्षित भएका व्यक्तिका समस्याका बारेमा जानकारी लिन यस अभियानले सहज हुने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“व्यावसायिकरुपमा पशुपालन गर्ने तथा पशुपालन गर्न चाहने व्यक्तिलाई व्यवसाय प्रवद्र्धनका लागि आगामी दिनमा नीति नियममा समावेश गर्ने गरी सुझाव सङ्कलन पनि गर्ने छौँ”, नगर प्रमुख खाँणले भन्नुभयो, “टोलटोलमा पुगेर सबैलाई एकै ठाउँमा भेला गराएर समस्याका बारेमा बुझ्छौँ र गोठ गोठमै पुगेर पशुको स्थलगत उपचार पनि गर्छौं ।”

पशुपन्छी सामान्य बिरामी हुँदा घरमै उपचार गर्नसक्ने बनाउनका लागि आधारभूत तहको परामर्श दिने गरिएको छ । पशुपन्छी बिरामी भइहालेमा बजारसम्म आउन र बजारबाट चिकित्सक तथा प्राविधिक पुग्दा समय लाग्ने भएकाले पशुपन्छीको क्षति हुन नदिनका लागि पनि यो अभियानले केही हदसम्म सहयोग पुग्ने विश्वास नगर प्रमुख खाँणको छ । नगरपालिकाले १४ वटा वडामा कृषि र पशुको सात÷सात जना प्राविधिक राखेर थप सेवा उपलब्ध गराउने तयारीमा थालेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope