घुम्ती शिविरबाट प्रेस पास


सूचना तथा प्रसारण विभागको आयोजनामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न घुम्ती शिविरबाट दुर्गम र विकट क्षेत्रका पत्रकारलाई राहत मिलेको छ ।

जिल्लामै पत्रकार परिचयपत्र (प्रेस पास) र अनलाइन दर्ता तथा नवीकरणको सुविधा पाएपछि मुस्ताङ र म्याग्दीका पत्रकारलाई राहत मिलेको हो । दुई दिनसम्म सञ्चालन भएको शिविर र क्षमता अभिवृद्धि तालिमबाट मुस्ताङ र म्याग्दीका ३० पत्रकार लाभान्वित भएका छन् ।

नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखासँगको सहकार्यमा दुई दिन सञ्चालन भएको शिविरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चारमाध्यमको दर्ता प्रमाणपत्र वितरण तथा नवीकरण सेवा दिइएको सूचना विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले जानकारी दिनुभयो ।

“१३ लाई पत्रकार परिचयपत्र (प्रेस पास) वितरण, सात वटा पत्रकार परिचयपत्र नवीकरण र एक प्रेस पास प्रतिलिपि जारी भएको छ”, उहाँले भन्नुभयो, “म्याग्दीका तीन र मुस्ताङका एक नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता भएका छन् ।” म्याग्दीबाट सञ्चालन हुने तीनवटा अनलाइन नवीकरण भएको छ । मुस्ताङ र म्याग्दीका २३ पत्रकारलाई प्रशिक्षक डा विजय मिश्रले क्षमता अभिवृद्धि तालिम दिनुभएको थियो । हिमाली, दुर्गम र पिछडिएको क्षेत्रका पत्रकारलाई जिल्लामै पुगेर सेवा दिइएको शाखा अधिकृत खत्रीले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope