कर्णालीबाटै विसङ्गति हट्नुपर्दछ ः कृषिमन्त्री शाही


कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले समाजमा भएका विकृति विसङ्गति कर्णालीबाटै हट्नुपर्ने बताउनुभएको छ ।

‘स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग’ भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सप्तरङ्ग सात प्रदेशमा हामी’को तेस्रो संस्करण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गीत, सङ्गीतका माध्यमबाट समाजमा सकरात्मक सन्देश गएको छ भन्नुभयो । “सप्तरङ्ग कार्यक्रमले कर्णालीको सानसँगै आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ”, उहाँले भन्नुभयो, “यसले मानव स्वास्थ्यमा सहयोग पुग्नेगरी भरपुर मनोरञ्जन पनि दिलाएको छ ।”

संस्करणमा आधुनिक गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी, लोकदोहोरी गायक बद्री पङ्गेनी र पपगायक अनिल सिंह, नृत्यकार उषा उप्रेतीलगायतका कलाकारको सहभागिता थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope