पोखरामा मनाए लिम्बू समुदायले ‘उधौली पर्व’


(याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामूहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय पर्व उधौली पर्व मनाएका छन् । हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पूजाआजा तथा विविध साँँँँँँँँंस्कृतिक कार्यक्रमको आयोजना गर्दै पर्व मनाएका हुन् ।

संस्थाका अध्यक्ष धनबहादुर थेबे लिम्बुले पोखरा रहेका याक्थुङहरु भेला भएर उधौली पर्व मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयोे, “यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी लागेकोछ ।” उहाँका अनुसार किँरातले उधौली पर्व अन्नवाली छरिसकेपछि मनाउने गर्छन् भने उभौली पर्व अन्नवाली लगाउने समयमा मनाउने गर्दछन् ।

कास्कीमा लिम्बु समाज स्थापना गरेको तीन वर्ष भएको जनाउँदै उहाँले भन्नुभयो“ यो चुम्लुङ खोल्नुको उद्देश्य भनेको हाम्रो भाषा, लिपी, संस्कृति र च्याब्रुङ (केलाङ) बाजाको संरक्षण गर्नु अपरिहार्य छ ।” पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाँचहरु समावेश गरिएको थियो ।
“हामीले यो पर्वमा च्याब्रुङ नाँच नाच्छौँ”, उहाँले भन्नुभयो, “यसमा १९ चराको नक्कल गरेर कथाअनुसार नाँच्ने प्रचलन रहेको छ ।’’समुदायका अग्रज मदन ईङनाम सुब्बाले हरेक वर्ष मनाउँदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बुलाई एकताबद्ध बनाउन सहयोग पुगेको बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope