महारानीथानमा सडक बिस्तार र कालोपत्रे


बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो । तीन सय मिटर आरसिसी नाली बनाएर एक हजार दुई सय बर्गमिटर कालोपत्रे गरिएको उहाँले बताउनुभयो ।

जोखिमयुक्त दुई स्थापनमा मेसिनरी पर्खाल निर्माण भएको छ । नगरपालिकाको ३० र सडक बोर्डको ७० प्रतिशत लागत साझेदारीमा योजना निर्माण गर्न सोमरस निर्माण सेवा खबराले गत बैशाख महिनामा रु तीस लाख ७१ हजारमा ठेक्का सम्झौता गरेको थियो । कूल रु ४७ लाख ५९ हजार ६१७ मा लागत अनुमान गरिएको थियो । दुई महिनाको म्याद भएको आयोजना कोरोनाको दोस्रो लहर फैलिएपछि गरिएको निषेधाज्ञाका कारण म्याद थपिएको थियो । एक हप्ता अघिनै सम्झौता अनुसारको काम सकेपनि भुक्तानी नपाएको सोमरस निर्माण कम्पनीका सञ्चालक प्रबिन सापकोटाले जानकारी दिनुभयो ।

बोर्डले बजेट पठाउन ढिलाई गर्दा भुक्तानीमा समस्या भएको हो । यो सडक नगरपालिकाको ६, ५, ९, १०, रघुगंगाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने बेनी–पाखापानी सडकको प्रवेश बिन्दुमा पर्छ । विसं २०७३ मा गरिएको कालोपत्रे बाढी र पहिरोले उक्किएर जिर्ण बनेपछि दोस्रो पटक कालोपत्रे भएको हो । यसैबीच महारानीथान र कुरिलाखर्कको बाढी ब्यवस्थापन तथा पहिरो नियन्त्रणका लागि नगरपालिकाले चालु आर्थिक बर्षमा बिनियोजन गरेको बजेट कार्यान्वयनका लागि रु ५५ लाख ८७ हजार सत्तरी रुपैयाँ लागत अनुमानको ठेक्का प्रस्ताव आव्हान भएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope