शिविरमा चार हजार बढी पशुपक्षीको उपचार


पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १६० घरपरिवारका चार हजार २१७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङ्गीले जानकारी दिनुभयो ।

केही दिनअघि यहाँका पशुमा अज्ञात रोगको सङ्क्रमण फैलिएको थियो । पशुमा ¥याल काढ्ने, ज्वरो आउने, खानेकुरा नखानेजस्ता लक्षण देखिएको शाखा संयोजक मश्राङ्गीले बताउनुभयो । निस्दी गाउँपालिकाको आयोजना र जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था सहलकोटको सहआयोजनामा शिविर सञ्चालन भएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु विशेषज्ञ केन्द्र पाल्पाका प्रमुख डा चन्द्रबहादुर रानाले शिविरबाट निःशुल्क प्राप्त गरेका औषधि प्रयोग गरी पशुको स्वास्थ्य सुधार गर्न सकिने बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope