समानुपातिकरूपमा मल वितरणको तयारी


पर्सामा रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज र कृषि ज्ञान केन्द्र, पर्साको सहजीकरणमा खेतीयोग्य जमिनका आधारमा मापदण्ड निर्धारण गरिएको हो ।

स्थानीय तहले सिफारिस गरेपछि तोकिएको मापदण्डबमोजिम मल वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिनुभयो । पर्साका १४ स्थानीय तहलाई मापदण्डअनुसार रासायनिक मल वितरण गर्ने तयारी छ । कृषि ज्ञान केन्द्रले मल वितरणको तयारी गरेको छ ।

वीरगञ्ज महानगरपालिकालाई तत्कालका लागि तीन हजार ४३६ बोरा युरिया मल, पर्सागढी नगरपालिकालाई एक हजार ६६४ बोरा, पोखरिया नगरपालिकालाई एक हजार ३४४ बोरा र बहुदरमाई नगरपालिकालाई एक हजार ६२० बोरा उपलब्ध गराइने कृषि ज्ञान केन्द्रले जनाएको छ । यस्तै जगरनाथपुर गाउँपालिकालाई एक हजार ६६४ बोरा, जिराभवानीलाई एक हजार ४२८, पटेर्वा सुगौलीलाई एक हजार, सखुवा प्रसौनीलाई एक हजार ७१४, धोबिनीलाई एक हजार ४००, छिपहरमाईलाई एक हजार ८८, पकाह मैनपुरलाई ८२० र कालिकामाई गाउँपालिकालाई ७७२ बोरा मल उपलब्ध गराइने भएको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope