महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य परीक्षण


चेम्बर अफ कर्मसको आयोजनामा जारी प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । महोत्सवस्थलको सचिवालयमा तुलसीपुर मेट्रो अस्पतालले हेल्प डेस्क राखेर निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो । हालसम्म ३०० बढीले स्वास्थ्य सेवा लिएको स्वास्थ्यकर्मी कमला पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार जसमा १४६ ले प्रेसर र १२४ ले सुगर जाँच गराएका छन् ।

त्यस्तै छ जनाले घाउ सरसफाइ र १८ जनाले अन्य सेवा लिएका छन् । महोत्सवमा आउने नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यही पुस २ गतेदेखि स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो । उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पुस १ गतेबाट सुरु भएको महोत्सव १२ गतेसम्म सञ्चालन हुनेछ । रु पाँच करोड आर्थिक कारोबार गर्ने तथा तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा लिइएको तुलसीपुर महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिनुभयो ।

तुलसीपुरको बरुवा गाउँमा सञ्चालित महोत्सवमा बुधबार करिब दश हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवभित्र २०० व्यापारिक कक्ष राखिएका छन् । तीमध्ये २० कक्षमा कृषि सामग्री राखिएका छन् । महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारले आ–आफ्ना प्रस्तुतिले दर्शकलाई मनोरञ्जनसमेत दिइरहेका छन् । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope