आयआर्जन गर्दै पूर्वकमलरी


पछिल्लो समय दाङका महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दै छन् । घोराही–८ दुन्द्राकी एमुना चौधरी पूर्वकमलरी हुनुहुन्छ । उहाँ कमलरीमुक्त भएपछि समूहमा आबद्ध भएर आयआर्जन गर्न बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको छ । अहिले उहाँको खोरमा ३० बङ्गुर छन् । उहाँले भन्नुभयो “आफ्नै गाँउघरमा सानो लगानी गरेर आयआर्जनमा जोडिन पाउँदा औधी खुशी छु ।”

मुक्तकमलरी विकास मञ्च र आइएम नेपालका सहयोगमा २७ महिलालाई समूहमा आबद्ध गराइ तालिम समेत प्रदान गरिएको थियो । घोराही–२ रामपुर पलासेका तुलसा चौधरी जागरण महिला समुहका अध्यक्ष हुनुहुन्छ । उहाँ पनि पूर्वकमलरी हुनुहुन्छ । उहाँले अहिले समूहमा मासिक रु ३०० बचत गर्नुहुन्छ ।

समूहमा बचत गरेको पैसालाई घुम्ती कोषमार्फत सबै सदस्यले पालैपालो लैजाने गर्दछन् । उहाँले ती सस्थाद्वारा सञ्चालित कृषि र उद्यमशीलताको तालिम लिनुभएको थियो । उहाँले घुम्ती कोषबाट पैसा ल्याएर व्यावसायिक तरकारी खेती गर्नुभएको छ । उहाँले १० कट्ठा जमिनमा टमाटर, लसुन, काउली र बन्दा लगाउनुभएको छ । उहाँले भन्नुभयो “तरकारी बेचेर मासिक ३० देखि ३५ हजार आम्दानी गर्दछु ।” मञ्चका केन्द्रीय अध्यक्ष शान्ति चौधरीले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरे आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताउनुभयो ।

महिलाले गर्दै आएका पेसा, व्यवसाय, कृषि, उद्यमशीलताका कामको अनुगमन गर्न र सम्बन्धित कार्यालयका प्रमुखसँग समन्वयन गराउने गरेको उहाँले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मुक्तकमलरी विकास मञ्चले महिलालाई आयआर्जनमा जोडेर राम्रो काम गरेको बताउनुभयो ।

उहाँले महिला सचेत भएमा बालविवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्यका लागि सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो । आइएम कार्यक्रमका प्रबन्धक माधवराज चौधरीले लक्षित महिलाको उत्थानका लागि परियोजनामार्फत आयआर्जन र सचेतनामूलक कार्यक्रम भएको बताउनुभयो । मञ्चले हाल घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ८ मा कार्यक्रम लागू गरेर महिलालाई स्वरोजगार बनाउन सहयोग गरेकोछ । जिल्लामा मुक्तकमलरीको सङ्ख्या तीन हजार ६५८ जना रहेको मञ्चले जनाएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope