प्राज्ञ रानालाई प्रतिष्ठानको आजीवन सदस्यता


नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य हुनुभएको छ । नेपाली कविता÷काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका भैरहवाका रानालाई प्राज्ञ परिषद्को ३८औँ बैठकले यही पुस १ गतेदेखि लागू हुने गरी आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले सोही मितिदेखि रानालाई आजीवन सदस्यले पाउने नियमानुसारको मासिक आजीवन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

आजीवन सदस्य आनन्ददेव भट्टको निधनपश्चात् रिक्त हुन आएको आजीवन सदस्य पद एकका निम्ति उपयुक्त, योग्यतम र वरिष्ठतम साधकको छनोट गरी सिफारिस गर्न गठित उपकुलपति डा जगमान गुरुङ संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेल र माया ठकुरी सदस्य रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्राज्ञ परिषद्को बैठकले रानालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope