‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट तीन किसान सम्मानित

वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेशामा संलग्न भएका दुईसहित तीन किसान नुवाकोटमा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट बिहीबार सम्मानित भएका छन् ।
कृषि क्षेत्रको विकासमा पु¥याएको योगदानस्वरुप नुवाकोटका तीन किसानलाई कृषि ज्ञान केन्द्रले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट सम्मान गरेको केन्द्र प्रमुख केशव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका उत्कृष्ट किसानका रुपमा बेलकोटगढी नगरपालिका–११ का हरिप्रसाद अधिकारी, ककनी गाउँपालिका–७ का बलराम पाठक र म्यागङ गापा–३ का प्रकाश तामाङलाई नगद रु १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
कोरोनाको कारण भारतमा रोजगारी खोसिएपछि अघिल्लो वर्ष भदौमा गाउँ फर्किएका ककनीका बाख्रापालक किसान पाठक र कतारमा रोजगारी गरेर फर्केसँगै रोजगारीका लागि युरोप जान ठिक्क बनाएको पैसाले टनेल बनाएर बेमौसमी तरकारी फलाउन थालेका म्यागङका किसान तामाङसहित ट्राउट माछापालक किसान अधिकारी नुवाकोटका उत्कृष्ट किसान घोषित भएका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस