टोर्नाडो प्रताडीतहरूको दुःख र राज्यको सम्बोधन


– अमेरिकाको केन्टकी राज्य हालै आएको टोर्नाडो आँधीले नराम्ररी प्रताडीत भएको छ ।

गरीब र कामदारहरूको सामान्य दिनचर्यामा त्यसको प्रत्यक्ष प्रभाव परेको छ । यहाँको एक मैनबत्ती कारखानाका कामदारहरूले रोजगारदाताले खतरनाक आँधी आउँदा पनि कर्मचारीहरूलाई चाँडै घर जान अनुमति दिन अस्वीकार गरेर “स्पष्ट उदासीनता” प्रदर्शन गरेको दाबी गर्दै मुद्दा दायर गरेका छन्।

उनीहरूले रोजगारदाताको उदासीनताले त्यहाँ काम गर्ने आठ कामदारको ज्यान गएको दाबी सहित मुद्दा दायर गरेका हुन् । स्थानीयहरू आफ्ना भग्नावशेष घरहरू मर्मत गरिरहेका देखिन्छन्

। मौसम प्रतिकूल बनिरहेको छ । दैनिक दिनचर्या कष्टकर बनिरहेको छ । सफाइ कर्मचारीहरूले ढालिएका रूखहरू र अन्य भग्नावशेषहरू हटाइरहेका छन्। पश्चिमी केन्टकीको आँधीले प्रभावित क्षेत्रहरूमा केही समय २ इन्च (५ सेन्टिमिटर) सम्म पानी पर्न सक्ने अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति जो बाइडेनले आपत्कालीन अवस्थाको घोषणा गरेर उद्धारमा खट्न स्थानीय सरकारलाई निर्देशन दिसक्नुभएको छ तर पनि स्थानीयहरू पीडामा नै देखिन्छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope