खेतीको समयमा मल नपाउँदा किसान चिन्तित


यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गर्नुभयोे । मलखाद नपाएर किसानलाई बाली बिग्रिने चिन्ताले सताएको छ ।

यहाँ मलखादका बिक्रेताले मलखाद चर्काे मूल्यमा बाहिरै बेच्ने गरेको किसानको आरोप छ । सर्लाहीमा युरिया एक हजार बोरा र डिएपी ८०० बोरा आयात भएकामा युरियाप्रति बोरा रु ८१५ र डिएपी मल प्रतिबोरा रु दुई हजार २६५ मा सहकारी संस्थामार्फत बिक्रीवितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख दीपक थापा मगरले बताउनुभयो । उहाँका अनुसार स्थानीय निकायको सिफारिसमा आएका डिलरलाई कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ ।

डिलरवालाले सरकारी अनुदानमा पाएको मलखाद चर्काे मूल्यमा बिक्रीवितरण गरिरहेको किसानको आरोप छ । सरकारी अनुदानको मलखाद जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधि पसलमा समेत खुलेआम चर्काे मूल्यमा बिक्रीवितरण भइरहेको किसानले बताएका छन् ।

जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले प्रतिबोरा रु एक हजार २०० देखि रु एक हजार ५०० र डिएपी मल रु तीन हजारदेखि रु तीन हजार ५०० सम्ममा किन्न बाध्य भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले बिक्री वितरण गरेको मलको वस्तुगत अवलोकन तथा अनुगमन गर्नुपर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय निष्क्रिय भएका कारण अहिले आफुहरुले चर्काे मूल्यमा मलखाद खरिद गर्नुपरेको उनीहरुको आरोप छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope