फरक शैलीको “सेभेन स्टेट फूड मार्ट”

पोखरामा “सेभेन स्टेट फूड मार्ट”ले फरक शैलीले सेवा दिदै आएको छ । पानीपूरी पारखीहरुले मेसिनबाटै पानीपूरीको मज्जा लिन सक्नेछन । पानीपुरी, चटपट मात्रै नभएर अन्य फास्टफुड आइटममा पनि ग्राहकले फरक स्वाद र सन्तुष्टि लिन सक्ने संचालक कृष्ण सुवेदी बताउँछन् ।

पोखराका विभिन्न ७ ठाउँ गैह्रापाटन, जिरोकिलोमिटर, रत्नचोक, प्रस्याङ, लेकसाइड, नदिपुर, विन्ध्यवासिनी लगायतबाट ‘सेभेन स्टेट’ले सेवा प्रवाह गरिरहेको छ। करिब एक करोड लगानीमा संचालनमा आएको ‘सेभेन स्टेट’ मा पानी पुरी र चटपट बाहेक फास्टफुडका सम्पूर्ण परिकार उपलब्ध छन् ।
फुटपाथमा पाइने पानीपुरी उही मुल्यमा ‘सेभेन स्टेट’ रेष्टुरेण्टमा उपलब्ध छ ।
रेष्टुरेण्टले टेक वे सेवालाई समेत प्राथामिकतामा राखेको छ । उनका अनुसार ‘सेभेन स्टेट’ रेष्टुरेण्टमा ४० जनाले रोजगार पाएका छन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस