काभ्रे प्रशासनद्वारा आलोपालो सेवा प्रवाह

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेपछि आउँदो बिहीबारदेखि सेवाको तालिका हेरफेर गरेको छ । कार्यालयले सूचनामार्फत सार्वजनिक अपिल गर्दै कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिनसमेत आग्रह गरेको छ ।
दैनिकरूपमा नागरिकतालगायतका सेवा लिन आउनेको सङ्ख्या बढिरहेकाले भीड कम गर्न समयतालिका हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगर तथा चौँरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार सेवा प्रदान गरिनेछ ।
यस्तै पनौती नगर, पाँचखाल नगर तथा भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाका लागि सोमबार र विहीबार सेवा प्रदान हुने जारी सूचनामा जनाइएको छ । बनेपा नगर, नमोबुद्ध नगर तथा बेथानचोक गाउँपालिकाका लागि मङ्गलबार र शुक्रबार तोकिएको छ । अन्य दुई महाभारत र खानीखोला गाउँपालिकाका लागि दैनिकरूपमै सेवा प्रदान हुने प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस