समानुपातिक विज्ञापनका लागि सहजीकरण गरिदिन माग


नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले जिल्लामा सञ्चालित सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनका लागि सहजीकरण गरिदिन उद्योग सङघ तथा उद्योग वाणिज्य सङ्घसँग आग्रह गरेको छ । महासङ्घका जिल्ला अध्यक्ष मणिराज गौतमको नेतृत्वको टोलीले दुवै संस्थाका पदाधिकरीसँग आज छलफल गरी सो आग्रहसमेत गरेको हो ।

छलफलमा उहाँले हेटाँैडामा रहेका राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगले स्थानीयस्तरमा नै सञ्चालनमा रहेका सञ्चार संस्थालाई बेवास्था गरी ठूला सञ्चार गृहलाई मात्र विज्ञापन उपलब्ध गराउँदै आएकामा अब समानुपातिक ढङ्गबाट विज्ञापन वितरण गरिनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले उद्योगको प्रवद्र्धन तथा प्रचारप्रसारको क्षेत्रमा स्थानीय सञ्चार माध्यमले पु¥याएको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उद्योग सङघ अध्यक्ष लेखराज पोखरेलले उद्योग पनि मिडियामैत्री हुन् चाहेको जनाउँदै यसमा स्थानीय सञ्चार माध्यमलाई सहयोग गर्ने बताउनुभयो ।

सो सङ्घका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले नकारात्मक समाचारको मात्रै चर्चापरिचर्चा भइरहँदा त्यसको मझौला उद्योलाई पनि प्रभाव पारिरहेको उल्लेख गर्दै औद्यौगिक क्षेत्रभित्रका सकारात्मक समाचारलाई धेरै भन्दा धेरै प्राथमिकता सञ्चारमध्यमले दिनुपर्ने आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले केही समयदेखि सञ्चार माध्यम र सङघबीच सञ्चार मैत्रीवातावरणमा कमी देखिएको जनाउँदै पछिल्लो समय अनलाईन सञ्चारमाध्यम धेरै भएकाले विज्ञापन वितरणमा समस्या भएको बताउनुभयो । छलफलमा उक्त सङ्घका वरिष्ठ उपाध्यक्ष उज्जवल चौलागार्इं र महासचिव दिपक उपे्रती र महासङ्घ उपाध्यक्ष ध्रुव अधिकारी, उपाध्यक्ष सरला अधिकारीलगायतको सहभागिता थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope