अमेरिकामा मोचनमाथी छलफल


अमेरिकाको न्यू ह्याम्पशायरमा उपन्यास “मोचन”माथी छलफल तथा अन्तर्कृया भएको छ । लेखक डा. तुलसी आचार्यद्धारा लिखित उक्त उपन्यासको छलफल कार्यक्रम अमेरिका नेपाली साहित्य समाज न्यू ह्याम्पशायर च्याप्टरले आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा अनेसासका वरिष्ठ केन्द्रिय उपाध्यक्ष गोवर्दन पूजाले उपन्यासमा गहिरो खोज तथा अनुसन्धानका भाव झल्कने र यसले बौद्धिक पाठकलाई मज्जाले समेटेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले उपन्यासले सुरुदेखि अन्तीमसम्म शिरिषको फूल उपन्यासका पात्रहरु सुयोगविर र बरीलाई पनि समाएर लिएर जानुले एकपटक शिरिषको फूल पढ्न पनि सबैलाई अभिप्रेरित गरेको बताउनुभयो । “यो उपन्यास यति राम्रो लाग्यो कि मैले दुई पटक पढे,” उहाँले भन्नुभयो ।

अर्का अतिथी भाषा तथा संस्कृतीका ज्ञाता तथा “फुर्लुङ” उपन्यासका लेख महेश्वर पन्तले आफूलाई उपन्यासले सुरुदेखि अन्तिमसम्म नै तानेको बताउँदै सम्बन्धबिचको सन्तुलन कायम गर्न नसके एउटा खुशीयालीमा रहेको परिवार कसरी तहसनहस बन्छ भन्ने कुरा उपन्यास “मोचन”ले देखाउन खोजेको प्रष्ट पार्नुभयो । पात्रहरू थप्न सकेको भए अझ गजब हुनेकुरा उहाँले बताउनुभयो ।

कार्यक्रमा बोल्दै उपन्यास मोचनका लेखक डा.तुलसी आचार्यले पाठक तथा शुभेच्छुकहरुको प्रतिक्रियाले आफूलाई अझ उतरदायी बनाएको बताउँदै निकट भविष्यमा आफूले अन्य कृती पनि बजारमा ल्याउने बताउनुभयो ।

अनेसास न्यू ह्याम्सर च्याप्टरका अध्यक्ष हरीमाया अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सम्पूर्ण संयोजन यूवा व्यवसायी कुमार सिमा भटराईले गर्नुभएको थियो भने कार्यक्रमको संचालन च्याप्टरका सदस्य नविन शर्माले गर्नुभएको थियो । उक्तकार्यक्रममा नेपाली साहितको उत्थानमा लागिरहने जुजारु समाजसेवी तथा न्यु ह्याम्पशायर च्याप्टरका प्रधानसम्पादक इश्वरी भट्टले पनि केही कुराहरू राख्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope