सुरक्षित रुपमा सुत्केरी हुनेलाई पोषण


कञ्चनपुर, २० पुस (रासस)ः बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रुपमा सुत्केरी हुनेलाई लक्ष गरी शुक्लाफाँटा नगरपालिकाले पोषण खाद्य सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ ।मातृ शिशु मृत्यु दरमा कमी ल्याउन र घरमै सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्नका लागि नगरपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टरमा सुत्केरीलाई एक क्रेट अण्डा, एक किलो घ्यू, दूध बढाउने सतावरी चूर्ण र शिशुलाई मालिस गर्ने सतामूल तेल उपलब्ध गराउने व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम सञ्चालन भएको दुई दिनको अवधिमै बर्थिङ सेन्टरमा सुरक्षित रुपमा सुत्केरी भएका सात महिलालाई उक्त सामग्री उपलब्ध गराइएको छ । बर्थिङ सेन्टर सञ्चालन भएका पिपलाडी स्वास्थ्य चौकी, झलारी स्वास्थ्य चौकी, पिताम्बर स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्र बन्साहबाट सुत्केरीलाई खाद्य सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ । “कार्यक्रम सञ्चालनका लागि रु चार लाख बजेटको व्यवस्था गरेका छौँ,” शाखा प्रमुख भट्टले भन्नुभयो, “जसअन्तर्गत सुत्केरी हुने महिलालाई रु एक हजार २५० बराबरको पोषण खाद्य सामग्री उपलब्ध गराउँछौँ ।”

बजेट थोरै हुँदा कार्यक्रमलाई सहजरुपमा सञ्चालन गर्न गाह्रो भएकाले नगरपालिकासँग थप बजेटका लागि माग गरिएको उहाँले बताउनुभयो । चालू आवमा सुत्केरी हुनका लागि बर्थिङ सेन्टरमा पुग्ने ३२० महिलाका लागि सो कार्यक्रमअन्तर्गत खाद्य सामग्री वितरण गर्ने लक्ष्य लिइएको छ । “आर्थिक रुपमा विपन्न परिवारका महिलाले सुत्केरी भएपछि पोषणयुक्त खानेकुरा पर्याप्त रुपमा खान नपाएर कुपोषणको शिकार हुन्छन् ।

नवजात शिशुले पर्याप्त रुपमा आमाको दूध चुस्न नपाउँदा बिरामी हुने समस्या रहन्छ,” नगर उपप्रमुख तुलसीदेवी हमालले भन्नुभयो, “त्यस्ता समस्यालाई मध्यनजर गर्दै सुत्केरीलाई पोषणयुक्त आहारा उपलब्ध गराउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ ।” उहाँका अनुसार स्वास्थ्य शाखाबाट सुत्केरीलाई एक क्रेट अण्डा र घ्यू उपलब्ध हुन्छ । आयुर्वेद औषधालयबाट सतावरी चूर्ण र दशमुलारिष्ट तेल उपलब्ध गराउने व्यवस्था गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope