नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट


काठमाडौँ, २३ पुस (रासस) ः

नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् ।

प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ ।

छनोट भएका उम्मेदवारमा रिब्दीकोट–७ पाल्पा निवासी कृष्णबहादुर कार्की, ललितपुर–२३ निवासी डा केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापा निवासी प्रविन पन्दाक, शिवसताक्षी, झापा निवासी रमेश घिमिरे र आँटफैला नवलपरासी निवासी डा रमेशकुमार भण्डारी रहेका छन् ।

समितिको सूचनाअनुसार छनोटमा परेका उम्मेदवारका लागि आगामी आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताकोे मिति तय गरिएको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्वसिइओ चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेदवारी माग गरिएको थियो । समितिले उल्लेखित उम्मेदवारबाट तीन जनाको नाम सिफारिस गर्नेछ र त्यसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope