ठिहिर्याउने जाडोमा मायालुको साथ


पोखरा । भर्खरै देशका अधिकांश भुभागमा हिउँ परेर डाँडाकाँडा सेताम्य भए, जाडो निकै वढ्यो, अझै हिउँ सकेकै छैन । मौसम चिसो चिसो छ । बुढापाका भन्ने गर्छन् ‘ जाडोमा रुई, फुई र दुई हुनुपर्छ मज्जा आउछ । सायद यो कुराको ख्याल सर्जक आभास सेन्चुरीलाई राम्रोसँग रहेछ । उनले तेस्रो फर्मुला’दुई ‘ रोजे । ठिहिर्याउने जाडोमा मायालुको साथ । 


चिसो चिसो मौसममा न्यानो मायाको साथले निकै रोमाञ्चक र प्रेमील सम्बन्ध बन्दोरहेछ । जून निकै यादगार र डाहा गर्न लायक पनि हुँदोरहेछ । नपत्त्याए मोडेल एवं सर्जक आभास सेन्चुरीको भर्खरै बजारमा आएको ‘जाडो अति छ’ लोकदोहोरी गीत हेरे पुग्छ । 

आभास सेन्चुरीको शब्द,लयमा प्रसिद्ध गायिका देवी घर्ती र लोकप्रिय गायक तेजश रेग्मीको सुमधुर आवाज रहेको छ ।
 म्युजिक  भिडियोमा अहिलेका व्यस्त   मोडेलहरु लोमस शर्मा, दिव्य न्यौपाने, आयुसमा कार्की, रविना भण्डारी,जोन बम र स्वयम आभास सेन्चुरीको लोभ लाग्दो अभिनय हेर्न सकिन्छ  । 

राम के.सीको छायांकन, कोरियोग्राफी र निर्देशन  चित्र मास्केले गरेका छन् । ‘कहाँ गयौ भगेरी चरी’ जस्तो ऎतिहासिक गीत लेखेरे, गाएर नेपाली लोकगीतमा एउटा बेग्लै प्रभाव पारेका सर्जक,गायक तेजस रेग्मी र सेन्चुरीको सहकार्यले पनि दर्शक, श्रोताले  नयाँ स्वास पाउने विश्वास गर्न सकिन्छ । रेग्मी र सेन्चुरी एउटै ठाउँ र एउटै धाराको पानी खाएर हुर्केका सर्जक हुन् । 
‘मौसम चिसो छ । स्रोता तथा दर्शकलाई गित मार्फत न्यानो बनाउने हाम्रो अभिप्रय हो’ सेन्चुरीले भने ।  ‘जाडो भए पछ्यौरी तान, सिन्दुर चुरामा,काउछो चिलाउनीको , बोलका गीतहरुलाई जस्तै यो गितलाई पनि दर्शक श्रोताले मन पराउनेमा विश्वासत छु’ उनले भनेअनि तपाईं पनि गर्ने होईन त यस्तै माया?


आभास क्रियसन युटुब च्यानलबाट बजारमा सार्वजनिक भएको गीतको भिडियोलाई छोटो समयमै धेरै दर्शक, स्रोताको साथ मिलेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope