‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ स्मृति ग्रन्थ सार्वजनिक


ज्येष्ठ नागरिकको हकहितका लागि वृद्ध अवस्थामा पनि योगदान गर्नुभएका सीताराम ढकालको स्मृतिमा ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ स्मृति ग्रन्थ प्रकाशन गरिएको छ ।

सीताराम–पद्मकुमारी फाउण्डेशनले प्रकाशन गरेको ग्रन्थमा उहाँले ज्येष्ठ नागरिकको हितमा १० वर्षसम्म निरन्तर पु¥याउनुभएको महत्वपूर्ण भूमिका उल्लेख गरिएको छ । यो भूमिका निर्वाहका क्रममा ढकालसँगका सम्झनाबारे विभिन्न व्यक्तित्वले लेख्नुभएका संस्मरण पनि स्मृतिग्रन्थमा समावेश गरिएको छ ।

स्मृतिग्रन्थ विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ढकाललाई परिवार एवं आफन्तजनका तर्फबाट सम्मानका लागि फाउन्डेसनको स्थापना एवं स्मृतिग्रन्थ प्रकाशन अनुकरणीय काम भएको बताउनुभयो । ढकालको जीवन आगामी पुस्ताका लागि पनि अनुकरण योग्य रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, कलाकार मनोज गजुरेल, ढकालका सुपुत्र एवं नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, फाउण्डेशनका अध्यक्ष विश्वमणि गौतमलगायतले ज्येष्ठ नागरिकको हकहित र समाजसेवामा स्वर्गीय ढकालले पु¥याउनुभएको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

ढकालले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट, ज्येष्ठ नागरिक परिचय पत्र, उपचारमा छुटलगायत हक अधिकार प्राप्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यी अधिकार नदिए आत्मदाह गर्नसमेत तयार भएपछि सरकारले सम्झौता गरी ज्येष्ठ नागरिकलाई छुट दिनेलगायत बुँदामा सहमति जनाएको थियो । कार्यक्रममा प्रा गोपालप्रसाद पराजुलीलाई सम्मानसमेत गरिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope