राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध


वीरगञ्ज, २६ पुस (रासस) ः

बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो व्यापारीको अवरोधपछि सो टोली अनुसन्धान नगरी फर्किएको छ ।

स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धान नगरी फर्किन बाध्य भएको कार्यालय सूचना अधिकारी गौरव पन्थीले राससलाई जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा राजस्व छली ल्याइएको सामग्री कार्यालयको टोली नियन्त्रणमा लिन पुगेको थियो । टोली पुगेपछि स्थानीय हुलहुज्जतसहित व्यवसायीले अनुसन्धानमा अवरोध सिर्जना गरेपछि कर्मचारी अनुसन्धान बिना फर्किएको उहाँले बताउनुभयो ।

राजस्व छली भित्र्याइएको विभिन्न सामान नियन्त्रणमा लिन बाराको सिमरा उपमहानगरपालिका जितपुरबजार स्थित केही गोदाममा राजस्व अनुसन्धान कार्यालयको टोली पुगेको थियो ।

राजस्वको टोलीले ती सामान नियन्त्रणमा लिन खोजेपछि केही व्यापारीले अवरोध सिर्जना गरी दुई घण्टासम्म सडक अवरुद्ध पारेका थिए । पछि नेपाली सेनाको टोलीले सडक सुचारु गराएको थियो ।

घटनामा सम्लग्न व्यसायीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कर्याालयले जनाएको छ । कार्यायका अनुसार जितपुर क्षेत्रको केही स्थानमा राजस्व छली गरी ल्याइएको माल सामान बिक्री वितरण गर्ने गरिएको बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope