तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र सञ्चालनमा


पाल्पा, २६ पुस (रासस) ः

तानसेन नगरपालिकाले ‘डिजिटल कृषि परामर्श सेवा केन्द्र‘ (इ चौतारी) सञ्चालनमा ल्याएको छ ।सो केन्द्रले ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण तथा बीउबिजनसम्बन्धी सेवा पु¥याउने जनाइएको छ ।

पहिलो चरणमा तानसेन –६ मा सो सेवा दिइएको छ । यसबाट कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ । तानसेन नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताउनुभयो ।

कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिककीकरण ल्याउन थालिएको बताउनुभयो ।

ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा तानसेन नगरपालिका सहित, रिब्दीकोट, रैनादेवी छहरा र बगनासकाली गाउँपालिका इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ । किसानलाई कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गर्ने र नयाँ प्रविधिको प्रयोग गरी आत्मनिर्भर बनाउन थालिएको सङ्घका प्रेम गोदारले जानकारी दिनुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope