आजदेखि प्रधानमन्त्री कप टी-२० प्रतियोगिता 


राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ ।

यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी-२० फर्म्याटमा खेलाइँदैछ ।

त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । यसअघि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिमको लागि क्याम्पमा ३० खेलाडी बोलाएर प्रशिक्षण सुरु गरिसकेका छन् । ती खेलाडीले पनि प्रधानमन्त्री कप खेल्नेछन् र र त्यसबाहेक राम्रो प्रदर्शन गर्ने अन्य खेलाडीले पनि क्याम्पमा स्थान बनाउनेछन् ।

राष्ट्रिय टिमका कप्तान नियुक्त भएका सन्दीप लामिछाने भने हाल अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् ।

source: onlinekahbar


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope