मध्यपुरथिमिमा गरुड भेटियो


मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोसीटप्पुले परिचित मनोहरा क्षेत्र र यस वरपर विश्वमै लोपोन्मुख गरुढ भेटिएको छ । ख्यातिप्राप्त वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौँको शालीनदी क्षेत्रबाट बोडेको मिनी कोसीटप्पुसम्म गरेको चरा गणना एवं खोज तथा अनुसन्धानका क्रममा लोभीपापी गरुढ फेला परेको हो ।

गणनाका क्रममा अर्को लोपोन्मुख चरा गोमायू महाचील २५ वटाको सङ्ख्यामा साथै विभिन्न १०६ प्रजातिका चरा फेला परेको टोलीले जनाएको छ । टोलीले हिउँदे आगन्तुक पानी चरासँगै त्यस क्षेत्रमा पाइने रैथाने चराको गणना गरेको हो । श्रेष्ठ नेतृत्वको टोलीमा रामचन्द्र मोयं श्रेष्ठ, गोपी श्रेष्ठ, पेम्बा शेर्पा, सुगम ताम्राकार, सत्यम पाठक र आयुशा पौडेललगायतका पक्षीप्रेमी तथा वन्यजन्तु फोटोग्राफरको सहभागिता थियो ।

टोलीले नेपाल पक्षीविज्ञ सङ्घ, वेटल्याण्ड इन्टरनेशनल, हिमालयन नेचुरल, जेडएसएल, नेपाल पक्षी संरक्षण सङ्घ, पोखरा पक्षी समाज, कोसीटप्पु वर्ड वाचिङक्याम्प प्रालि र नर्थप्वाइन्ट मल प्रालिको संयुक्त सहकार्यमा पक्षी गणना गरेको हो । प्रत्येक वर्ष जाडो छल्न मङ्गोलिया, साइबेरिया, तिब्वत र युरोपबाट जलपक्षी चरा नेपाल आउने गरेका छन् । विश्वव्यापी समस्याका रूपमा देखापरेको जलवायु परिवर्तनका कारण चराको बसाइँसराइमा पनि प्रभाव पारेको छ ।

बसाइँसराइ गरी नेपालका विभिन्न सिमसार तथा टतीय क्षेत्र, नदी किनारमा जाडो छल्न तथा बच्चा हुर्काउन आउने चराको पछिल्लो अवस्थाका बारेमा अभिलेखीकरण गर्ने उद्देश्यले मनोहरा क्षेत्रमा चरा गणना गरिएको संयोजक श्रेष्ठले बताउनुभयो । तीन दिनसम्म चलेको गणना कार्यक्रममा कतिपय अघिल्ला वर्षमा देखिने गरेका चरा यस वर्ष नदेखिएको र कतिपय नयाँ प्रजातिका चरा पनि देखिएको श्रेष्ठको अनुभव छ ।

“चराको बासस्थान दैनिक जोखिममा पर्दै गएको छ । यस्तै अवस्था रहे यस वर्ष देखिएका चरा अर्को वर्ष नदेखिन सक्छ”, श्रेष्ठले भन्नुभयो । बढ्दो हरित गृह उत्सर्जन, सहरीकरण र प्रदूषणका कारण पछिल्लो समय चराको बसाइँसराइ, आवतजावतमा परिवर्तन र असरहरू देखिँदै आएको टोलीमा संलग्न ख्यातिप्राप्त अर्का वन्यजन्तु फोटोग्राफर सुगम ताम्राकारले बताउनुभयो ।

सरकारी निकायबाट अहिले देखिएको समस्या समाधानमा तत्परता देखाउनुपर्नेमा गणना कार्यमा सहभागी सदस्यले जोड दिनुभएको छ ।

यसका साथै स्थानीय तह र स्थानीय बासिन्दाको पनि आगन्तुक पानीचराको संरक्षण कार्यमा उत्तिकै भूमिका हुने सहभागीहरू बताउँछन् । जनचेतना अभावमा कतिपय स्थानीयवासीले आगन्तुक पानीचराको अवैध शिकार गर्ने, बासस्थानमा नोक्सान पु¥याउने आदि कार्य हुँदै आएकाले स्थानीयवासीमा यसबारे जनचेतना फैलाउन सके ठूलो टेवा पुग्ने उनीहरूको तर्क छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope