त्रियुगा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा विश्वकर्मा


त्रियुगा वाणिज्य उद्योग सङ्घ उदयपुरको छैटौँ साधारणसभाले सोमबार रमेस विश्वकर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

सोमबार गाईघाटस्थित रामजानकी प्यालेस सभाहलमा सञ्चालन भएको साधरणसभाले विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा पर्शुराम चौधरी, द्वितीय उपाध्यक्षमा नवीन बस्नेत, महासचिवमा दिनेश श्रेष्ठ, सचिवमा अनुपम अनुराग गुप्ता, कोषाध्यक्षमा टीका श्रेष्ठ चयन हुनुभएको सङ्घका संस्थापक अध्यक्ष रत्नबहादुर श्रेष्ठले बताउनुभएको छ ।

सदस्यमा सरोज बस्नेत, रुद्र बस्नेत, दीपेन्द्र श्रेष्ठ, वैद्यनाथ साह, हीरा साह, श्रवण चौधरी चयन हुनुभएको नवगठित समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो । पाँच वर्षदेखि विभिन्न प्राविधिक कारण उक्त सङ्घको साधरणसभा हुन नसके पनि यसपटक सफल सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गर्न सफल भएको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष विश्वकर्माले अब आफ्नो नयाँ कार्यसमितिले जिल्लाका व्यापारीका भोग्नु परिरहेका विभिन्न समस्या पहिचान गरेर समाधान गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope