फिजीमा आँधीका कारण चार हजार विस्थापित


२८ पुस (रासस÷सिन्ह्वा) ः आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन् ।उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ ओटा र उत्तरी भागमा पाँच ओटा शिविर बनाइएको पनि अधिकारीहरुले जनाएका छन् ।

“उनीहरुलाई शिविरमै राख्ने भन्ने हैन, विस्थापित भएकाहरुलाई जति सक्दो चाडो हामी आफ्नै घर फर्काउन चाहन्छौँ,” एक सरकारी अधिकारीले भने ।

विस्थापित भएकाहरुलाई अस्थायी बसोबास, खानसँगै न्युनतम अत्यावश्यक सेवाहरु पनि उपलब्ध गराइने उनीहरुको भनाई छ । हरेक बर्षको नोभेम्बरदेखि अप्रिलसम्ममा फिजिमा आँधी आउने र ठूलो जनधनको क्षति हुने गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope