घट्यो इलामको जौबारी बजारको चहलपहल


मङ्गलबारे, २८ पुस (रासस) ः इलाम सन्दकपुर गाउँपालिकाका–३ का कोषराज खतिवडा एक दशक अघिसम्म यो मौसममा मटरको हरियो कोषा बोकेर जौबारी बजार गइन्थ्यो । मटरको हरियो कोषा बेचेर त्यहाँबाट खाद्यान्न किनेर ल्याउनुहुन्थ्यो । हरियो मटर कोषा बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन ।

त्यस क्षेत्रका धेरै स्थानीयवासीको गुजारा त्यसैगरी बित्थ्यो । उत्पादित वस्तु जौबारी बजार पु¥याउने र दैनिक उपभोग्य वस्तु नेपाल भित्रियाउने । जौबारी नेपाल भारतको सीमावर्ती बजार हो । सीमावर्ती बजार भएपनि त्यहाँ अधिकांश व्यापारी भारतीय नै हुन्थ्ये । त्यस बजारमा नेपालमा उत्पादित वस्तुको मूल्य बढी पर्ने गरेको सन्दकपुर गाउँपालिकाका किसान खतिवडाको भनाइ छ । विशेष गरेर अलैँची, कुचो, अदुवालगायतका वस्तु सो बजारमा महँगो मूल्यमा बिक्ने गरेको थियो । त्यस्तै नेपालीहरुका घरमा उपभोग गर्ने चिनी, तेल, नुन र चामल पनि सस्तो मूल्यमा पाइने गरेको थियो ।

सस्तो मूल्यमा उपभोग्य वस्तु पाइने भएकाले हालको सन्दकपुर गाउँपालिका मात्र नभइ, माइजोगमाई गाउँपालिकाका अधिकांश किसानको मुख्य बजार नै जौबारी रहेको थियो । इलाम नगरपालिकाको पनि पायक पर्ने स्थानका उपभोक्ता सोही बजारमाथि भर पर्ने गरेका थिए ।

जौबारी बजार जिल्लाकै फस्टाएको बजारका रुपमा परिचित थियो । भारतीय सिमासँग जोडिएका कारण किसानले सयंै खालका सामान खरिद बिक्री गर्ने केन्द्रको रुपमा नै विकसित भएको थियो, जौबारी बजार । भारतीय व्यापारीको बाक्लो बसोबास भएकाले नेपाली गाउँघरमा उत्पादित कृषि बाली सजिलै भारतीय बजारसम्म जाने गर्दथ्र्यो । इलामको सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी भारतीय सीमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरतासँगै आफैँमा पनि पर्यटनको धेरै सम्भावना बोकेकोे ठाउँ हो ।

हिउँदमा प्रायः हिउँ परिरहने र चौरी क्षेत्रसमेत भएको हुँदा भारतलगायत अन्य देशका विदेशी पर्यटक दार्जिलिङ हँुदै जौबारी नघुमी फर्कदैन थिए । इलाम सदरमुकामको बिब्ल्याँटे बजार र माइजोगमाई गाउँपालिकाको नयाँ बजारमा भन्दा बढी चहलपहल र ठूलो बजारको रुपमा रहेको थियो, जौबारी । त्यसैले पनि सबै जौबारी जानैपर्ने बाध्यता जस्तै भएको सन्दकपुर गाउँपालिका– ३ का सन्तोष खतिवडाको भनाइ छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope