नगरपालिकाहरुको आधामात्र फोहोर संकलन


नेपालका नगरपालिकाहरुमा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । देशका २ सय ९३ नगरपालिकामा भएको सर्भेक्षणमा आधा फोहोरमात्र स्थानीय सरकारले संकलन गर्न सकेको देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापना सर्वेक्षण २०७६ को प्रतिवेदनले यस्तो औंल्याएको छ । बुधबार पोखरामा आयोगले सर्भेक्षणको प्रतिवेदनमाथि अन्तक्र्रिया आयोजना गरेको छ ।

फोहोरमैलालाई जैविक, अजैविक र अन्य गरी ३ वर्गमा विभाजन गरी तथ्यांक संकलन गरिएको छ । नेपालका ४१ प्रतिशत नगरपालिकाले मात्र ल्यान्डफिल साइट प्रयोग गरेको सर्भेक्षणमा देखिएको छ ।

संकलित फोहोरमध्ये ४८.६ प्रतिशतमात्र ल्यान्डफिल साइटमा व्यवस्थापन गरिएको र ४.१ प्रतिशतमात्र पुनः प्रशोधन भएको देखिएको छ । फोहोर व्यवस्थामा मुख्य समस्याबारे प्रतिवेदनमा भनिएको छ, ‘जनचेतनाको कमी, ल्यान्डफिल साइटको समस्या तथा नगरपालिकाहरुमा जनशक्ति, बजेट र पूर्वाधारको कमी देखिएको छ ।

विभागका निर्देशक सुशीलकुमार शर्माले सर्भेक्षणबारे प्रकाश पारेका थिए । उनले वातावरण तथा सरसफाइका लागि नगरपालिकाहरुले १.७७ प्रतिशतमात्र बजेट खर्च गर्ने गरेको उल्लेख गरे । २ सय ९३ नगरपालिकामध्ये १२ नगरपालिकामा फोहोरमैलाबारे कुनै तथ्यांक नपाइएको उनको भनाइ छ ।

महानगरमै सेनिटरी ल्यान्डफिल साइट नभएको, ल्याडफिल साइटै नभएका नगरपालिका पनि रहेको तथ्यांक प्रस्तुत गर्दै उनले ६० प्रतिशत सहरी बसोबास रहेको नेपालले फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिनैपर्ने उल्लेख गरे ।कार्यक्रममा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका प्राडा केदार रिजालले यो सर्भेक्षणले पुराना नगरपालिकाको अवस्था देखाएको र नयाँ नगरपालिकालाई योजनावद्ध रुपले फोहोर व्यवस्थापन गर्न सघाउने उल्लेख गरे । सरसफाइ सभ्यताको प्रतीक भएको उल्लेख गर्दै उनले स्थानीय सरकारको सक्रियताबिना यो समस्या समाधान नहुने जनाए ।

फोहोर उत्पादन नै कम गर्ने उपायबारे सर्वसाधारणलाई सचेत बनाउन उनले सुझाव दिए । प्राडा रिजालले भने, ‘संसारमै महंगो स्रोत हो जमिन । फोहोरलाई स्रोतमै घटाउने उपाय गर्नु जरुरी छ । यसो हुँदा व्यवस्थापन गर्न सजिलो हुन्छ ।’


विभागका निर्देशक प्रमोदराज रेग्मीले फोहोर उत्पादन र व्यवस्थापनबारे अध्ययन गर्दा यसको मापनविधि मुख्य चुनौति देखिएको जनाए । विभागको उपमहानिर्देशक हेमराज रेग्मीले विभागले सबैलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध गराउने दायित्व यथाशक्य बहन गरिरहेको बताए । विभागले जनगणनादेखि विभिन्न सर्वेक्षण, गणना गरिरहने उल्लेख गर्दै यसबाट आएका तथ्यांकले योजना निर्माणमा सघाउने जनाए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope