पुस्तकमा तनहुँसुर


ऐतिहासिकस्थल तनहुँसुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएको पुस्तक तनहुँसुर र सेरोफेरो पुस्तक सार्वजानिक भएको छ ।

लेखक देव बस्न्यातद्वारा सङ्कलित र लिलामान सिंह बस्न्यात स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको शनिबार समाजसेवी एक सय वर्षीय भीमबहादुर बस्नेतले विमोचन गर्नुभएको हो ।

तनहुँसुरका सेनवंशीय राजाहरुको वंशावली, उनीहरुले मान्दै आएका धार्मिक सांस्कृतिक पर्यटनस्थलको विकासमा हामीले निर्वाह गर्नुपर्ने भूमिका, तनहुँ जिल्लाका साहित्यकारबाट प्रकाशित कृतिहरु र अन्य विविध विषयका सम्बन्धित घटनाहरुलाई आधार मानेर लेखिएका लेख तथा रचनाहरु सङ्गालेर पुस्तक लेखिएको बस्न्यातले जानकारी दिनुभयो ।

“पत्रपत्रिकाहरुमा प्रकाशित लेखहरुमध्येको एउटा सङ्गालोको परिणती हो तनहुँसुर र सेरोफेरो । पुस्तक लेखन तथा प्रकाशनका विषयमा एकल प्रयासबाट सम्पन्न गर्ने प्रयास गरेको हो,” उहाँले भन्नुभयो । विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भइसकेका रचनाहरुलाई सङ्कलित गरेर तनहुँसुरको नालीबेली समेटिएको तनहुँसुर सेरोफेरो पुस्तक प्रकाशन सम्भव भएको लेखक बस्न्यातले बताउनुभयो ।

तनहुँसुर र यसको सेरोफेरोको सामाजिक, धार्मिक र पर्यटकीय स्थानको अध्ययन–अनुसन्धानमा खटिने विद्यार्थीहरुका लागि पनि यो कृति सहायक सिद्ध हुने विश्वास गरिएको लिलामानसिंह बस्न्यात स्मृति प्रतिष्ठानका संरक्षक रामचन्द्र बस्न्यातले बताउनुभयो ।

पुस्तकमा ऐतिहासिक सेनकालीन जिल्लाका मठमन्दिर र चाडपर्वहरुका विषयहरु पनि समेट्ने प्रयास गरिएको छ ।

पुस्तकमा जिल्लाको ऐतिहासिक परिचय, तनहुँको ढुकुटी घर र राजा कामारीदत्त सेनबीचको अन्तर सम्बन्ध, दसैँ परिचय र दुर्गोत्सव पर्वको आरम्भता, तनहुँसुर दरबारको दुर्गोत्सव पर्वको तयारीका प्रथम प्रयासहरु, तनहुँसुर कालिकामाई मन्दिरमा गरिने फूलपाती शोभायात्रा, तनहुँसुरको जारकोटे ढुङ्गा, तनहुँसुर खड्गदेवी, लोपको सङ्घारमा तनहुँसुरको देवी नाच, तनहुँसुरका महत्वपूर्ण स्थानहरु लगायतका विषय समेटिएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope