परासी र सुनवल औद्योगिक क्षेत्रमा बिजुलीको समस्या नहुने

काठमाडौँ, ३ माघ (रासस) ः
नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्योर्हाेदै आएको विद्युत् आपूर्तिको समस्या अब भने समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत् आपूर्ति समस्या समाधान भई उद्योगलाई मागअनुसार विद्युत् दिन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
“प्रसारण क्षमताले नधानेर पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका उद्योगले गर्मी मौसमका दिनमा केही समय आलोपालो चलाउनुपर्ने बाध्यात्मक अवस्था थियो, अब यस्तो अवस्थाको अन्त्य भई उद्योगलाई मागअनुसार पर्याप्त विद्युत् दिन सकिन्छ,”,कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । सुनवल क्षेत्रमा सञ्चालित उद्योगलाई विद्युत आपूर्तिका लागि १३२÷३३ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ, सबस्ेटसनको निर्माण आगामी चैत÷वैशाखभित्रमा सकिने छ ।
त्यसपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत् उद्योगलाई दिन सकिन्छ भने आपूर्ति पनि अझै विश्वसनीय र गुणस्तरीय हुने छ । केही महिनाअघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रसारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिनुभएको थियो ।
कूल १९ किलोमिटर सिङ्गल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताउनुभयो । सुनवल क्षेत्रमा लक्ष्मी स्टिल्स्, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायतका उद्योग सञ्चालित छन् । ती उद्योगले आफ्नो क्षमता वृद्धिका लागि थप विद्युत् माग गरेका छन् भने त्यस क्षेत्रमा अन्य नयाँ उद्योग खुल्ने क्रममा रहेका छन्
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस