सुकिलुम्बा विमानस्थल सञ्चालनको तयारी


सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा रु आठ हजार ७०० तोकिएको छ ।

सम्झौताअनुसार ११÷११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले रु आठ हजार ७०० मा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिनुभयो । हाल तीन हप्ताका लागि सम्झौता भएको छ । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ । सम्झौताअनुसार यस अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ ।

गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार भइसकेको छ । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौर्डाको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब रु २८ करोड खर्च भइसकेको प्राधिकरणले जनाएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ सिक्किमलगायतका बासिन्दालाई सुविधा हुनेछ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope