प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच त्रिपक्षीय भेटवार्ता


प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहाँले आगामी राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह तथा सङ्घीय र प्रदेश तहको निर्वाचनका बारेमा छलफल भएको बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालबीच शुक्रबार अपराह्न ४ बजे सत्तारूढ गठबन्धन दलको बैठक बोलाउने सहमति भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope