जातीय विभेदमा आधारित ‘समानता जुटौँ’ सार्वजनिक


पत्रकार तथा सामाजिक अभियानकर्मी राजु रसालीको शब्द रचना रहेको ‘समानता जुटौँ’ नामक लोकगीत सार्वजनिक भएको छ ।

जातीय भेदभाव तथा छुवाछूतमा आधारित जनचेतनामूलक सो गीतमा वरिष्ठ गायक राजु परियारको आवाज रहेको छ । “गीतले विगत लामो समयदेखि नेपाली समाजमा विद्यमान रहेको जातीय छुवाछूत र भेदभाव हटाई सामाजिक न्यायको स्थापना गर्नका लागि अब सबै जना एकजुट हुनुपर्ने, समानताको पक्षमा दलित सबै उठ्नुपर्ने सन्देश दिएको छ”, पत्रकार रसालीले भन्नुभयो ।

गीतमा सङ्गीत तथा एरेन्ज लोकगायक तथा सङ्गीतकार पदम बिसीको रहेको छ । जनउत्थान प्रतिष्ठानका पूर्वमहासचिव पत्रकार रसाली विगत लामो समयदेखि सामाजिक अभियनकर्मीका रूपमा परिचित हुनुहुन्छ । पाल्पामा जन्मिनुभएका रसालीले विसं २०६० बाट रेडियो पत्रकारिताबाट सामाजिक अभियानकर्मीका रूपमा काम सुरु गर्नुभएको हो । समानतामा जुटौँ भन्ने भाव बोकेको यस गीतले खास गरेर पछिल्लो समयमा नेपालमा भएको राजनीतिक र सामाजिक परिवर्तनले पनि दलित समुदायको राज्यका सबै क्षेत्रमा समान पहँुच हुन नसकेको कुरा उल्लेख गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope