प्रधानमन्त्रीको सम्बोधनमा को कसले के भने सम्पूर्ण कुरा


प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सञ्चालन गरिने बताउनुभएको छ । आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा गठन भएको सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसद्मा रहेका सबै राजनैतिक दलहरूसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पु¥याईने बताउनुभयो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गरिरहेको बताउँदै उहाँले सरकारमाथि एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु ।” साथै उहाँले निर्वाचनका पूर्व तयारीका काम पनि सरकारले अगाडि बढाइरहेको बताउनुभयो ।

संविधानको कार्यान्वयन, कानुनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन, राजनीतिक दलहरूको सहमतिमा नागरिकता समस्या समाधान, सङ्घीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

आफूले सरकारको नेतृत्व गरेपछि आर्थिक–सामाजिक रूपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिएको, उत्पादनमुखी अर्थतन्त्रको प्रवद्र्धन, स्वदेशी कच्चापदार्थ र श्रम उपयोग हुने निकासीजन्य वस्तुको उत्पादन वृद्धि गरी निकासी बढाउने,आपूर्ति व्यवस्थामा सुधार गर्ने, महङ्गी नियन्त्रण गर्ने तथा भ्रष्टाचारजन्य कार्यहरूको छानबिन, अनुसन्धान र तहकिकातका लागि अग्रसरता लिएको जानकारी दिनुभयो ।

आर्थिक उदारीकरण र निजीकरणबाट प्रारम्भ भएको पहिलो चरणको आर्थिक तथा शासकीय सुधारमार्फत नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रिया अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले “छोटो समयमा दिगो विकासका लक्ष्यहरू हासिल गर्दै विकसित राष्ट्रको स्तरमा पुग्ने हाम्रो लक्ष्य हो यो लक्ष्य प्राप्तिको मार्गमा देखा पर्ने समस्या र चुनौतीको समाधान गर्न र प्राप्त अवसरहरूको उपयोग गर्न दोस्रो चरणको आर्थिक तथा शासकीय सुधार गरिनेछ,” भन्नुभयो । उहाँले सुधारका योजना बनाउँदा संविधानको कार्यान्वयन, आर्थिक समृद्धि, विकास र सुशासनलाई केन्द्रबिन्दुमा राखिने बताउनुभयो ।

कोभिड–१९ को नयाँ स्वरुपको सङ्क्रमणको उच्च जोखिमले नागरिकको जीवन रक्षामाथि पुनःचुनौती थपिएकाले सबैले मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी रोगको नियन्त्रण गर्दै आर्थिक तथा सामाजिक क्रियाकलाप जारी राख्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको प्रधानमन्त्रीले बताउनुभयो ।
–––

राष्ट्रिय अभियान सञ्चालन गरिँदै

नेपाली कांग्रेस ९बिपी०ले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति पुष्पराज पराजुलीले राष्ट्र र राष्ट्रियता बचाउने उद्देश्यले गर्न लागेको अभियानमा आगामी फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने जानकारी दिनुभयो । देशमा भ्रष्टाचार बढेको तथा सीमा अतिक्रमण भएकाले राष्ट्रिय एकतालाई बलियो बनाउन अभियान गर्न लागेको बताउनुभयो ।

पार्टीका अर्का नेता गोबिन्दप्रसाद शर्माले विपीले गरेको समाजवादको परिकल्पना पूरा गर्न राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिँदै नेपाली भू–भाग लिपुलेकमा अनुमति नलिई बाटो बनाउने काम गलत भएकाले यसलाई रोक्न माग गर्नुभयो । अभियानअन्तर्गत देशमा राष्ट्रिय जागरण ल्याउन सबै जिल्लामा पुगेर जनताको घरदैलो कार्यक्रम गरी देशको समसामयिक अवस्था, बेथिति, भ्रष्टाचारबारे जनचेतना फैलाइने छ ।

सरकारका कामले जनतामा आशा र भरोसा बढाएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको बताउनुभएको छ ।

उहाँले सरकारले कार्यभार सम्हालेको छ महिनाको अवधिमा भएका कार्य र हासिल भएका उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट भएको र जनतामा आशा र भरोसा बढेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो, “हामीलाई यसमै सन्तोष गर्ने अवस्था छैन । एक्काइसौँ शताब्दीको द्रुतगतिमा अघि बढिरहेको प्रतिस्पर्धी युगमा विकास र समृद्धिको यात्रालाई हामीले थप गतिका साथ चाँडै पूरा गर्नुपर्ने खाँचो छ ।”

यस अवधिमा सरकारलाई प्राप्त भएको राष्ट्रिय तथा अन्तरराष्ट्रिय समर्थन, सहयोग र सहायताका लागि सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत एवम् सर्वसाधारण सबै एवं सम्बन्धित मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्थाप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

गत असार २९ गते उहाँको नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गर्दै आएको छ ।

सङ्क्रमण रोकथामा सहयोग गर्न अपिल

विश्व कोभिड–१९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त भएको उल्लेख गर्दे प्रधानमन्त्री देउवाले हामी पनि सङ्क्रमणको उच्च जोखिममा रहेकाले आर्थिक तथा सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पर्न गएको बताउनुभएको छ । “सङ्कुचित रहेका आर्थिक तथा सामाजिक क्रियाकलाप मेरो नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सूचारु भएका थिए”, उहाँले भन्नुभयो, “तर, केही दिनदेखि कोभिड–१९ को नयाँ स्वरुपको सङ्क्रमणको उच्च जोखिमले नागरिकको जीवन रक्षामाथि पुनः चुनौती थपेको छ । हामी सबै मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी यस रोगको नियन्त्रण गर्नु छ ।”

कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले सबै देशवासीमा संयम् र धैर्यताका साथ जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सुरक्षित जीवनयापनको लागि अनुरोध गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को कारण मृत्यु हुनु भएकाप्रति श्रद्धाञ्जलि र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

होम आइसोलेशनमा बस्नु भएका र अस्पतालमा उपचार गरिरहनु भएका बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँले यो शताब्दीकै डरलाग्दो माहामारी विरुद्धको लडाईँमा दुई वर्षदेखि निरन्तर खटिनु भएका चिकित्सक, नर्स, प्यारामेडिक्स, सुरक्षाकर्मि, सफाईकर्मी, एम्वुलेन्स चालक र अन्य सबै अग्रपङ्कितमा काम गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

सबै राजनैतिक दल र समुदाय तथा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गरी यस रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न उहाँले अपिल गर्नुभएको छ ।

‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ’

संविधानको कार्यान्वयन, कानुनी राज्य र सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलको सहमतिमा नागरिकताको समस्याको समाधान गर्ने, सङ्घीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले संसद्मा रहेका सबै राजनैतिक दलसँग संवाद र सहमतिका माध्यमबाट संसद्को गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पु¥याइने उल्लेख गर्नुभयो । एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको उल्लेख गर्दै उहाँले निर्वाचनका पूर्वतयारीका काम सम्पन्न गर्न सम्बन्धित सबैसँग अनुरोध गर्नुभएको छ ।

“मैले सरकारको नेतृत्व गरेपछि आर्थिक–सामाजिकरूपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने, उत्पादनमुखी अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने, स्वदेशी कच्चापदार्थ र श्रम उपयोग हुने निकासीजन्य वस्तुको उत्पादन वृद्धि गरी निकासी बढाउने, आपूर्ति व्यवस्थामा सुधार गर्ने, महङ्गी नियन्त्रण गर्ने तथा भ्रष्टाचारजन्य कार्यको छानबिन, अनुसन्धान र तहकिकातका लागि अग्रसरता लिने कार्य भएका छन्”, उहाँले भन्नुभयो ।

यस अवधिमा विगत दुई वर्षदेखि कोभिड–१९ का कारण सङ्कटग्रस्त उद्योग र सेवा व्यवसायको उत्थान गर्न र श्रमजीवी, विपन्न, बेरोजगार आदिको राहतका लागि विशेष आर्थिक प्याकेज ल्याइएको बताउँदै उहाँले बाढी, पहिरो, आगलागी तथा बेमौसमी वर्षाका कारण विपद्मा परेका जनतालाई उद्वारगरी राहत उपलब्ध गराउने, सुरक्षित बसोबास र पुनःस्थापना गराउने तथा नष्ट भएको धान बालीको क्षतिपूर्तिका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यक्रम अघि बढाइएको जानकारी गराउनुभयो । सरकारले रूपान्तरणकारी र विकासका कार्यक्रमको कार्यान्वयनलाई गति दिएको छ ।

कोभिड–१९लाई नियन्त्रण गर्न खोप नै प्रभावकारी उपाय

प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोभिड–१९लाई नियन्त्रण गर्न खोप नै प्रभावकारी उपाय भएकोले मैले प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा आगामी चैत्र मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई निःशुल्क खोपको पूर्णमात्रा दिने प्रतिबद्धता व्यक्त गरेको थिएँ । यस अनुरुप खोप अभियान जारी छ ।”

तीव्ररुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारका बीचमा समन्वय र सहकार्य बढाइएको छ । स्वास्थ्य प्रणालीमा कुनै पनि साधन स्रोत र जनशक्तिको अभाव हुन नदिने व्यवस्था मिलाई उपचार व्यवस्थालाई चुस्त, दुरुस्त बनाइएको उहाँले बताउनुभयो ।

कोभिड सङ्क्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामाजिक क्रियाकलापमा सकेसम्म कम असर पर्ने गरी आवश्यक प्रबन्ध मिलाइने बताउँदै प्रधानमन्त्री देउवाले जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आधारभूत स्वास्थ्य सेवा जस्तै– मातृशिशु स्वास्थ्य, पोषण र खोपलगायत नियमित कार्यक्रम सूचारु गरिने अवगत गराउनुभयो ।

किसानलाई मल र बीउ तथा विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउन र राज्यले निःशुल्करूपमा उपलब्ध गराउने भनी घोषणा गरिएका औषधि गुणस्तरीयरूपमा समयमै सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको उहाँले उल्लेख गर्नुभयो । साथै, अत्यावश्यक वस्तु तथा सेवाको निर्बाध आपूर्ति हुने व्यवस्था सुनिश्चित गरिएको छ ।

भूकम्पपछिको पुनःनिर्माणको बाँकी रहेका सबै काम समयमै सम्पन्न गर्ने व्यवस्था मिलाइएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विपद् प्रभावित जनताको आवासको पुनःनिर्माण तथा राहतका कामलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले तराई मधेसमा देखिने शीतलहर र उच्च हिमाली क्षेत्रमा हुने हिमपातको कारणबाट कसैको पनि अकाल मृत्यु हुन नपाउने व्यवस्थाका लागि प्रदेश र स्थानीय तहसँगको सहकार्यमा आवश्यक व्यवस्था मिलाएको जनाउनुभयो ।

“मुलुकको विकासमा निजी क्षेत्रको अहम् भूमिका छ । नीजि क्षेत्रलाई प्रोत्साहित गर्दै उद्यम व्यवसाय गर्ने वातावरणलाई थप सहज बनाइने छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका सबै तह र संरचनालाई थप सक्षम बनाई कडाइका साथ कार्यान्वयन गरिनेछ”, उहाँको सम्बोधनमा उल्लेख छ ।

आर्थिक उदारीकरण र निजीकरणबाट प्रारम्भ भएको पहिलो चरणको आर्थिक तथा शासकीय सुधारमार्फत नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रकृया अगाडि बढेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “छोटो समयमा दिगो विकासका लक्ष्य हासिल गर्दै विकसित राष्ट्रको स्तरमा पुग्ने हाम्रो लक्ष्य हो । यो लक्ष्य प्राप्तिको मार्गमा देखापर्ने समस्या र चुनौतीको समाधान गर्न र प्राप्त अवसरको उपयोग गर्न दोस्रो चरणको आर्थिक तथा शासकीय सुधार गरिनेछ । सुधारको योजना बनाउँदा संविधानको कार्यान्वयन, आर्थिक समृद्धि, विकास र सुशासनलाई केन्द्रबिन्दुमा राखिनेछ ।”

सरकारका छ महिना : ऊर्जा क्षेत्रमा महत्वपूर्ण प्रगति

वर्तमान गठबन्धन सरकारले देश र जनतालाई केन्द्रमा राखेर विभिन्न कार्यक्र अगाडि बढाएको छ । जनतालाई प्रत्यक्षरुपमा राहत प्रदान गर्ने उद्देश्यका साथ सरकारले संविधान प्रदत्त समाजवाद उन्मुख व्यवस्थालाई कार्यान्वयन गराएको छ ।

वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भए गरेका सकारात्मक कामकारवाहीबारे आज जानकारी दिनुभएको हो । वर्तमान सरकार गत असार २९ गते गठन भएको हो । सरकारमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी)लगायत दल सहभागी छन् ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा देशको ऊर्जा तथा सिँचाइको क्षेत्रमा भए गरेका प्रगतिकाबारे जानकारी दिनुभएको छ । वर्तमान सरकारले झण्डै २५ लाख विद्युत््का उपभोक्तालाई निःशुल्करूपमा २० युनिट बिजुली उपलब्ध गराएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार सरकारले आफ्नो सार्वजनिक दायित्व अन्तर्गत २० युनिट बिजुली निःशुल्करुपमा उपलब्ध गराइएको यसअघि नै सार्वजनिक गरिसक्नु भएको छ । वर्तमान सरकारको प्रमुख उपलब्धीका रुपमा प्रधानमन्त्री देउवाले सो विषयलाई आज आफ्नो सम्बोधनका क्रममा उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा भन्नुभयो, “विद्युत्को ग्राहस्थ खपतमा २० यूनिटसम्म उपभोक्तालाई महसुल छुट गरिएको छ ।” त्यसैगरी सिँचाइ सुविधामा विस्तार गर्नका लागि साविकको विद्युत् महसुलमा ५० प्रतिशत कम गरी प्रतियूनिट रु दुई कायम गरिएको छ । यसबाट कृषि क्षेत्रमा प्रत्यक्ष लाभ भएको छ । कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले सिँचाइतर्फको महसुलमा आकर्षक छुट दिएको हो ।

यस्तै, विद्युत्् उत्पादनतर्फ पनि यस वर्ष उल्लेख्य प्रगति भएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न आयोजना सम्पन्न भएका छन् । सरकारले चालु आवमा एक हजार ३०० मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखेको छ । लक्ष्यको ५० प्रतिशत बिजुली वर्तमान सरकार गठन भएको छ महिनामा नै प्रणालीमा जोडिएको छ ।

यस अवधिमा माथिल्लो तामाकोशी ४५६ मेगावाटको जलविद्युत् आयोजना पूर्णरूपमा सञ्चालनमा आएको छ । आयोजनाले व्यवसायीकरुपमा बिजुली उत्पादन गरेकाले नेपाल विद्युत्् प्राधिकरणले छ महिनासम्म भारतबाट बिजुलीसमेत आयात गर्नुपरेन ।

यस्तै निजी क्षेत्रको लगानी रहेका मिस्त्री खोला ४२ मेगावाट र लिखु खोला ५२ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय ग्रिडमा जोडिएको छ । त्यस्तै अन्य साना तथा मझौला आयोजनाले पनि बिजुली उत्पादन शुरु गरेका छन् । यसबाट बिजुलीमा देश क्रमशःआत्मनिर्भर बन्दै गएको छ । प्रसारण लाइनतर्फ ५९ सर्किट किलोमिटर थप भएको छ । त्यस्तै सरकारको निरन्तरको प्रयासका कारण विवादको केन्द्रमा रहेको सोलु कोरिडोर १३२ केभी क्षमताको प्रसारण लाइनको पनि निर्माणको कार्य सम्पन्भएको छ ।

त्यस्तै, नेपालको बिजुली भारतमा निर्यात शुरु भएको छ । गत लक्षमीपूजाको दिनदेखि नुवाकोटका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारतमा निर्यात शुरु भएको हो । आगामी हिउँदमा झण्डै ५०० मेगावाट बिजुली निर्यात गर्ने गरी आवश्यक तयारी भइरहेको छ । त्यसका लागि आवश्यक पहल भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ । यस अवधिमा औद्योगिक, गार्हस्थ्य तथा विभिन्न प्रयोजनका लागि बिजुली खपतमा वृद्धि गरी निर्वाधरूपमा बिजुली आपूर्तिको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

यस्तै सुनकोशी–मरिन डाइभर्सन, भेरी बबई बहुउद्देश्यीय आयोजना, काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य समयमै सम्पन्न गर्ने गरी तीव्रगतिमा काम अगाडिसमेत बढाइएको उहाँले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताउनुभएको छ । उहाँले १२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै अग्रपङ्कतिमा काम गर्ने व्यक्तिका लागि बुस्टर डोज अभियान शुरु भइसकेको बताउनुभयो । साथै, ६० वर्षभन्दा माथि उमेर समुहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइने उहाँलेजानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को सङ्क्रमणवाट जनताको जीवन रक्षा गर्ने, शीघ्र आर्थिक पुनरुत्थान गर्ने, आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काई सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखी विभिन्न सुधार कार्य अगाडि बढाएकोले गत छ महिनामा मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको बताउनुभयो । सामाजिक क्रियाकलापमा पनि अपेक्षित सुधार आएको उहाँको भनाइ छ ।

यस अवधिमा १८ वर्ष माथिका एक करोड–९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनता मध्येमा ५९.६ प्रतिशतलाई पूर्णमात्राको खोप उपलब्ध गराइएको छ भने ७८.३ प्रतिशतलाई पहिलो डोजको खोप वितरण गरिसकिएको छ । यो अवधिसम्ममा विभिन्न प्रकारका कुल चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी दुई करोड ७४ लाख ७५ हजार ९९५ डोज खोप वितरण गरिएको छ । पुस मसान्त सम्ममा एक मात्रा खोप लगाएको जनसङ्ख्या एक करोड ५६ लाख छ हजार २१ र पूर्णमात्राको खोप लगाएको जनसङ्ख्या एक करोड १८ लाख ६९ हजार ९७४ रहेको छ ।

कोभिड–१९ विरुद्धका विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको छ । प्रधानमन्त्री दउवाले सङ्क्रामक रोग विरुद्ध खोप (भ्याक्सिन) उत्पादन गर्ने उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने र तरल अक्सिजन उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराउभयो ।

कोभिड–१९को सामना गर्नका लागि सरकारी अस्पतालमा पूर्वाधार सेवामा उल्लेख्य सुधार गरिएको छ । फलस्वरूप अक्सिजन प्लान्ट, भेन्टिलेटरलगायत अन्य उपचार सामग्रीको उपलब्धतामा बढोत्तरी भएको बताउँदै उहाँले सरकारी अस्पतालको सुधार र स्तरोन्नतिलाई प्राथमिकतामा राख्नेकार्य अघि बढाइएको बताउनुभयो । कोभिड–१९ को बढ्दो प्रकोपसँगै अवरुद्ध हुन पुगेको अन्य बिरामीको उपचारलाई सरकारी अस्पतालमा सुचारु गरिएको छ ।

कोभिड–१९ को नयाँ स्वरूपको ओमिक्रोन भाइरसको सङ्क्रमण हुन नदिनका लागि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थालाई भरपर्दो बनाइएको छ । अक्सिजनको पर्याप्त र भरपर्दो आपूर्ति तथा भण्डारण, स्वास्थ्य पूर्वाधारको विस्तार र जनशक्तिको व्यवस्थापनमा सुधार गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope