स्वास्थ्य मापदण्ड पालना गर्दै वाग्मती सफाइ महाअभियान जारी


सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै वाग्मती सफाइ महाअभियानको ४५४औँ हप्तामा शङ्खमूल पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ ।

मापदण्डअनुसार २५ जनाभन्दा कम मानिस सहभागी रहेको समूह बनाएर सफाइ गरिएको थियो । सफाइबाट साढे दुई टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सो अवसरमा त्यस क्षेत्रको सडक, नदी किनारका बगैँचामा पनि सफाइ गरिएको थियो । नदीलगायत सार्वजनिकस्थलमा फोहर नगरौँ भन्दै त्यस क्षेत्रमा घरदैलो कार्यक्रमसमेत गरिएको उहाँले सुनाउनुभयो ।

सफाइमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, बानेश्वर महिला वातावरण सेवाका अध्यक्ष दुर्गा दुलालसहितको समूह, हनुमान मार्ग टोल सुधार समितिका अध्यक्ष दिव्यमणि ज्ञवाली, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी र वाग्मती अभियानकर्मीको सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४२१ औँ हप्ताको कार्यक्रम गोठाटार पुल क्षेत्रमा गरिएको छ । सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्चका स्वयंसेवी र स्थानीयवासीको सक्रियता थियो । मञ्चले मुहानदेखिकै वाग्मती सफाइ गर्ने उद्देश्यका साथ अभियान चलाउँदै आएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । शून्य फोहर प्रणाली कायम गर्न सकिने भन्दै मञ्चले अभियान चलाउँदै आएको छ ।

मनोहरा सफाइ अभियानको २५३औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुुुटी पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले राससलाई जानकारी दिनुभयो । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भेग, चक्रपथको उत्तरी र पश्चिमी भेग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर यी सफाइ अभियान सुरु भएका हुन् । हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सम्पदास्थलमा पनि सफाइ अभियन सुरु भएको छ । काठमाडौँ उपत्यका बाहिर हाल १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान जारी छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope