तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना


हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ ।

छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । उहाँका अनुसार तुम्चाको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । धेरै वर्षअघिदेखि स्थानीयवासीको माग अहिले सम्बोधन भएको छ ।

यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएदेखि अब शान्ति सुरक्षा कायम गर्न सहज भएको बताइएको छ । हाललाई भाडाको घरमा प्रहरी पोष्ट सञ्चालनमा आएको छ । पोष्टको एक वर्षको घरभाडा गाउँपालिकाले व्यहोर्ने भएको छ । हाल पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० प्रहरी कार्यरत छन् । यसअघि उक्त स्थानमा प्रहरीले गस्ती गर्दै आएको थियो । गस्तीमा जान एक दिन पैदल लाग्ने गर्छ । अब प्रहरी पोष्ट स्थापना भएपछि जनता र सुरक्षाकर्मी दुवैलाई सहज हुनेछ । उक्त अस्थायी प्रहरी पोष्टले हाल सर्केगाड र अदानचुली गाउँपालिकालाई केन्द्रित गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope