कहिल्यै नफाट्ने माया… ‘तिमीलाई नै’
आकाश खसोस, धर्ती फाटोस्
घाम रोकियोस् चाहे जुन रोकियोस्
तर हाम्रो माया…कहिलै नफाटोस्…
गीतकार घनबहादुर थापाको शब्द रचनामा हालै सार्वजनिक गीत ‘तिमीलाई नै’का यी शब्दले अटुट प्रेमलाई चरितार्थ गरेको छ । प्रेमको खोजी र यसको प्राप्ति सहजै हुने कुरा होइन ।
संसारमा बनेका हरेक जोडी आत्मियता कै खोजीका क्रममा बाँधिएका हुन्छन् । यस गीतले पनि यस्तै प्रेमको परिभाषा बोल्छ । मन मिल्ने साथी भेटिएपछि उनीहरु त्यो साथ कहिल्यै टुटाउन चाहँदैनन् ।
समातिएको एक अर्काको हात आपसबाट कहिल्यै छुटाउन चाहँदैनन्,चाहे त्यो बेलामा जस्तोसुकै विपत्ति किन नआओस् । यही भाव गीतका शब्दले खोल्छ ।
कति घुमे खण्डहर, भेटिन्छ कि रारा भनी
कति जागे रात भर, आकाशका तारा गनी
यस्तो त्याग तपस्याले, तिम्रो आधार खोजेको छु
जुनी जुनी साथै बस्न तिमीलाई नै रोजेको छु
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस