सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन


प्रदेश नं १ का प्रमुख पर्शुराम खापुङलले तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रमुख एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन गर्नुभएको छ ।

याक्थुङ भाषा र सिरिजङ्गा लिपिका विकासकर्ता, उत्थानकर्ता एवं प्रचारकका रूपमा रहेका सिरिजङगा सि थेबेको योगदानमा केन्द्रित भएर लेखिएको पुस्तक धरानमा बिहीबार आयोजित कार्यक्रममा उहाँले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख खापुङले इतिहास निर्माण गर्नु गाह्रो कुरा भएको उल्लेख गर्दै यो पुस्तक सिरिजङ्गाको बारेमा खोज–अनुसन्धानका लागि एउटा कोशेढुङ्गा भएको जनाउनुभयो । लिम्बू जातिको गहन विषयमा पुस्तक लेखिएको भन्दै प्रमुख खापुङले इतिहाससँग जोडिएको विषयमा पुस्तक तयार भएकामा लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङलाई धन्यवाद दिनुभएको थियो ।

उहाँले उक्त पुस्तक ऐतिहासिक दस्तावेज हुनेसमेत बताउनुभयो । तङ्सिङ मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा लेखक माबुहाङले सिरिजङ्गाका बारेमा खोज्न ताप्लेजुङको सिनाम, तेल्लोकबाट सिक्किमसम्म पुगेको जानकारी दिनुभएको थियो । उहाँले गाउँघरमा सिरिजङ्गा लिपि अभ्यास गरेका केही लेखोट भेटिएको र केही वंशावलीमा सिरिजङ्गाको नाम पनि भेटिएको बताउनुभयो ।

उक्त लेखन सिरिजङ्गाका बारेमा सुनिएका लोकोक्तिलाई टिपोट गर्ने र सिरिजङ्गाका बारेमा क–कसले के–के लेखेका छन् तथा सिरिजङ्गाका सङ्कलित लेखोटमा के–के लेखिएका छन्््््् त्यसको अध्ययन गरेर पुस्तक लेखिएको उहाँले जानकारी दिनुभयो । पुस्तकबारे डा रामनारायण कन्दङ्वा र युमा साम्यो महासभाका महासचिव डा रमेश इजमले टिप्पणी गर्नुभएको थियो । उहाँहरुले पुस्तक ऐतिहासिक दस्तावेज हुने बताउनुभएको थियो । कार्यक्रममा पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्द सुब्बाले पनि पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope