राष्ट्रसेवक सम्मानित


नेपाल निजामती कर्मचारी सङ्गठन पाँचथरले १८ अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको छ । शनिबार फिदिममा आयोजित उक्त सङ्गठनको ११ औँ अधिवेशनका अवसरमा सङ्गठनले सेवानिवृत्त भएका तथा लामो समयदेखि सेवारत रहेका अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको हो । सम्मानित भएकाहरूलाई सङ्गठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारीलगायतले सम्मानपत्र, मायाको चिनो र खादासहित सम्मान गर्नुभएको थियो ।

सम्मानित हुनेमा शर्मिला खापुङ, राधाकृष्ण खनाल, सूर्य अधिकारी, केदारनाथ रिजाल, खड्गबहादुर बोहोरा, देउमान कन्दङ्वा, ठाकुरप्रसाद सुवेदी, चन्द्रप्रसाद भट्टराई, शेरबहादुर खड्का, नन्द धमला, उद्धव गौतम, जयप्रसाद तुम्बापो, देवी हुमागाईँ, हेटनारायण श्रेष्ठ, प्रेमकुमार भट्टराई, देउकुमारी राई, प्रेम ओझा र कौशिला आङ्देम्बे हुनुहुन्छ । उहाँहरुले राष्ट्रसेवाका हितमा पु¥याएको योगदानको सम्मान र स्मरणका लागि सम्मान गर्ने परम्पराको थालनी गरिएको सङ्गठनका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीको भनाइ छ ।

अधिवेशनले प्रेमबहादुर काफ्लेका अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तीर्थ मिश्र र सरस्वती शिवाकोटी, सचिवमा मिलन राई, सहसचिवमा सुवर्ण केदेम र कोषाध्यक्षमा कुलबहादुर थापा निर्वाचित हुनुभएको छ ।

यस्तै समितिका सदस्यमा ज्ञानबहादुर अधिकारी, पदमबहादुर नेम्वाङ, जयराम दाहाल, दधिराम चापागाईँ, छिरिङ शेर्पा, दोनुसा थाम्सुहाङ, एलिसा उप्रेती, खेम थापा, युवराज माबो, बेदप्रसाद मिश्र, प्रकाश तामाङ, चन्द्रप्रकाश राई, निर्मल खाती र भुवन पासवान निर्वाचित हुनुभएको छ ।

अधिवेशनले सङ्गठनका केन्द्रीय प्रतिनिधिमा रीता खत्री, जीवन भण्डारी, सुरेश अधिकारी, प्रकाश अधिकारी र सदनकृष्ण पौड्याललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा कल्पना अधिकारी, प्रदीप अधिकारी, बेदनिधि खनाल र ऋषिराज पराजुलीलाई चयन गरेको छ । सङ्गठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको उद्घाटन सत्रलाई सङ्गठनको एमाले जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीसहित वक्ताहरूले शुभकामना ज्ञापन गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope