युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने सङ्केत

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।
जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, “हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।“ उल्लेख गर्नुभएको छ । उहाँले युक्रेनले बुधबार एकता दिवस मनाउने बताउँनुभएको छ ।
यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ । रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरू बीच चिन्ता र तिक्तता बढाएको छ।
तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन
। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा “छिटो र गम्भीर लागत” लाग्ने बताउँनुभएको थियो। बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि “अब कुनै पनि दिन” आक्रमण हुन सक्ने चेतावनी दिएका छन्। ——
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस