पल शाहले आफूमाथि षडयन्त्र गरेको भन्दै गरे खुलासा (अडियो सहित)

पल शाहले आफूलाई झुटो आरोप लगाएको भन्दै त्यो षडयन्त्रमा लागेका व्यक्तिहरूको नाम खुलासा गरेका छन्, अडियो सहित। त्यसमा कति सत्यता छ या छैन त्यो भने हेर्न बाँकी नै छ। अहिले शाहले आफ्नो स्ट्याटसमा लेखेको कुरा जस्ताको तस्तै यहाँ तल राखिएको छ। (केहि समय पहिले गायिका समिक्षा अधिकारीमाथि पल शाहले जबर्जस्ति गरेको भन्ने आरोप लगाएको अडियो तथा समाचारहरू बाहिर आएको थियो।)
पल शाहविरुद्ध समीक्षा अधिकारीले दिइन् प्रहरीमा जाहेरी
“नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई
Plan 1:- https://drive.google.com/…/18NfClAr4PXx0wfMz6iN…/view…
Plan 2:- https://drive.google.com/…/1rUt3Ilbs0RswEGtmfEG…/view…
Plan 3 :- https://drive.google.com/…/1VQU02Xh_BIhHLH…/view…
Plan 4 :- https://drive.google.com/…/1Bt4uB2Jgn…/view…
Plan 5:- https://drive.google.com/…/1dsi3s7pZZ82l7Zrv3BF…/view…
Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/…/1LCttzu4XUi…/view…”
https://www.facebook.com/IAmPaulShah

Note: धेरै पटक डाउन्लोड भएकाले यी अडियोहरू अहिले खुल्न सकेका छैनन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस