कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु


मान्म, १५ फागुन (रासस) ः

कालीकोटको पलाँता र पचालझरना गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् ।

पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा ¥याफ्टिङ सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलगायतको टोलीले चार किलोमिटर ¥याफ्टिङ गरेर अध्ययन सुरु गरेको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताउनुभयो । कर्णाली नदीको बहुप्रयोग योजनाअन्तर्गत ¥याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरिएको उहाँले बताउनुभयो ।

“यहाँको पर्यटक प्रवद्र्धन र रोजगारी अभिवृद्धिका लागि गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरेको छ”, उहाँले भन्नुुभयो, “सम्भाव्यता अध्ययन सफल भएको छ । अब छिट्टै नै कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्नेछौँ ।” उहाँले हामी पचालझरना आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको पर्खाइमा छौँ भन्दै पचालझरना हेर्न आउने पर्यटकलाई दृष्टिगत गरेर गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने योजना अगाडि सारेको बताउनुभयो । कर्णाली नदीमा ¥याफ्टिङको सफल परीक्षण भएको ¥याफ्टिङ पर्यटन व्यवसायीले मनराज सिंम्खडाले बताउनुभयो ।

“कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाका रुपमा चिनिएको छ । यसको उचाइ ३,८१ मिटर रहेको छ”, उहाँले भन्नुभयो, “नेपाल सरकारको ६४औँ र कर्णाली प्रदेश सरकारको ४०औँ पर्यटकीय गन्तव्यकोे सूचीमा यसलाई राखिएको छ ।” गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पचालझरना पुग्न आठ किलोमिटर सडक र होमस्टे निर्माण गरिएको छ । पचालझरना हेर्न आउने पर्यटकलाई लक्षित गरी गत वर्षदेखि सञ्चालन गरिएको होमस्टेमा विदेशी पर्यटक न्यून मात्रामा आउने गरेका छन् । पचालझरनामा पर्यटक भित्रियाउनका लागि पूर्वाधार निर्माणका काम जारी रहेको उहाँले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope