पल उस्तो कि समिक्षा? कि पितृसत्ता ?


अज्ञात पुरुष

म भन्छु दोष पितृसत्ताको हो। मैले समिक्षा अधिकारीलाई भने पल शाहसँगको हल्ला चलेपछि मात्रै चिनेको हुँ र उनका गित युटुबमा गएर सुनेको हुँ “चौतारीमा सोल्टिज्यु“ र “केटो अलि कमाउनेहोस“। पछि थाहा भयो ति गित त मैले पहिल्यै सुनेकोरहेछु ।

नेपाली चलचित्रमा चिनिएका तथा सामाजिक सेवामा पनि लागेका नायक पल र भर्खर उदाउँदै गरेकी मिठो स्वरकी गायिका समिक्षा विचको सम्बन्धको बारेमा असरल्ल समाचारहरू आएसँगै विभिन्न प्रतिक्रियाहरू बग्रेल्ती आउन थालेका छन्, पत्रपत्रिकामा, अनलाईनमा, र सोसल मिडियामा। पलले पोस्ट्गरेका आफ्ना स्ट्याटस साथै, बाहिर आएका विभिन्न अडियोहरू र समिक्षा आँफैले पनि रबि लामिछानेको कार्यक्रम सिधाकुरामा दिएको अन्तर्वार्ताबाट के कुरा चैं छर्लंग हुन्छ भने पल र समिक्षा बीच शारीरिक सम्पर्क सहमतिमै भएको हो। त्यसमा कुनै दुईमत होला भन्ने लाग्दैन।

त्यो ठुलो कुरा भएन आजभोलिको जामानामा शारीरिक सम्पर्क सहमतिमा हुन्छ भने। तर प्रश्न कहाँनेर छ भने यदि पलले समिक्षाको “फिलिंगस“ अर्थात भावनासँग खेलेको हो कि होईन ? जुन कुरा समिक्षाले आरोप लाउँदै भनेकी छन् “पलले मेरो भावनासँग पटक पटक खेलिरह्यो। मैले उसलाई मनैबाट माया गर्थे।“ “यदि बच्चा बसेको भए म बिहे गर्थे तर त्यस्तो शारीरिक सम्पर्क त आजभोलि हुनु ठुलो कुरा होईन त्यसैले बरु हामी मिलौ“ भन्ने जस्ता पलका अभिव्यक्तिलाई इंकित गर्दै समिक्षा भन्छिन “म गाउँबाट आएकी सोझी केटि, उनि मेरो भावनासँग खेले। “

के कुरा अनुमान गर्न सकिन्छ भने समिक्षालाई आफ्नो बनाउने भावना पलले दिएपछि, समिक्षा जो कानुनी हिसाबले परिपक्क उमेरमा थीईनन, उनि भावनामा बहकिन र पलको पटक–पटकको “केयारिंग“मा उनि सायद मोहित भईन। त्यो स्वाभाविक थियो एउटी टिनेजर केटीका लागि जसले भर्खर आफ्नो करियर बनाउंदैछिन। उनलाई लाग्यो पनि होलाकि उनको चिनजान नेपाली फिलिममा निकै चिनिएका र धेरै युवापिडीले मन पराएका नायक पलशाहसँग थियो। पल शाहले पनि सायद ठाने कलिली र त्यति मिठो स्वरमा गित गाउने र चांडै चर्चित भएकी हेर्दा ’क्युट’ लाग्ने समिक्षासँग नजिक किन नहौँ? एउटा बिपरित लिंगीय आकर्षणले तान्यो उनलाइपनि। पÞmायर्डबादी आकर्षण थियो त्यो सायद। पलले समिक्षालाई भित्रैबाट मनपराउने भन्दा पनि एउटा रतिरागको अलाप दिमाखको कुनै अवचेतन मस्तिष्कमा रहेको हुनसक्छ। प्राय: त्यो धेरै पुरुषहरूमा हुन्छ।

यता समिक्षाको कुरकुरे बैंसभित्रको भावना त्यसै पग्लियो क्यारे र लाग्यो कि भोलि पलले मलाई आफ्नो बनाउँछ भने म किन यसको नजिक नहौँ आखिर के छ र उसमा कमि? मन परेको व्यक्तिसँग भोलि सँगै पति र पत्नी भएर बाँच्न सकिन्छ भन्नेकुरामा कसैले बिस्वस्त पार्यो भने बिबाह अगाडीनै सम्बन्ध राख्ने महिलाहरू छन् हाम्रो समाजमा। त्यो स्वाभाविक हो हाम्रो नेपाली समाज अझै पनि मज्जाले खुल्न सकेको छैन।

केटि हुन् वा महिला, पुरुषले राखेको भावनात्मक प्रस्ताबमा एक दुई चोटि त इन्कार गर्लान तर त्यसपछि उनीहरु सक्दैनन् रोक्न । फेरी मैले धेरै ठाउँ देखेको छु केहि अपबाद बाहेक कि पितृसत्तामा पुरुषहरू महिलाको भावनासँग खेल्न खप्पिस हुन्छन । म एउटा पुरुष भएर यो लेख लेखिरहँदा मैले मेरो आफ्नो मनोविज्ञानलाई पनि थाहै नपाईकन कहिँ कतै पोखिरहेंछु सायद। तपाईंहरू मध्ये कतिजनाले यस्तो भावना देखाउनु भएकोहोला तपाईंको समयमा कोहि मनपरेकी युवतीलाई आफ्नो बनाउन वा, शारीरिक सम्बन्ध स्थापित गर्न वा केहि फाईदा लिन? सम्झिनुहोस त ? यो दोष तपाईंको होईन पितृसत्ताको हो। यो दोष पल शाहको होईन, पितृसत्ताको हो ?

अचम्म र उदेक लाग्दो त यो छ कि यो पितृसत्ता अझैपनि बिष जस्तै फैलिएको छ हाम्रो नेपाली समाजमा। पल शाहको पोस्ट मुन्तिर हेर्यो भने धेरै युवा पुस्ताहरूले पलको नै जयजयकार गरेको र समिक्षाको गल्तिनै भएको टिप्पणी गरेका छन्। आखिर समिक्षाले नै सिधा कुरालाई रुदै दिएको अन्तर्वार्तामा आएका प्रतिक्रिया हेर्ने हो भने दर्शकले गालि समिक्षाको नै गरेका छन् बढी र भनेका छन् “पहिला चमत्कार, अहिले बलात्कार?“ “पहिला मोज गरेउ अनि अहिले सबैजना सँग मिलेर पलमाथि षड्यन्त्र“, “समिक्षा जस्तो केटि कसैलाई नपरोस“ आदि इत्यादी। महिला स्वयमले समेत यस्तो प्रतिक्रिया लेखेका छन्। र मलाई लाग्यो पितृसत्ताले हामी महिला पुरुष दुबैलाई घट्नाको गहिराईसम्म पुग्नै दिँदोरहेनछ र सतहमै टिक्कटिप्पणि गर्ने बनाउँदोरहेछ । अवचेतन मस्तिष्कमा रहेको पितृसत्ता सोचले यी घट्नाहरू कसरी मानबिय भाव, आवेग र संवेगसँग जोडिएका छन्, वा यी घटनाका संबेदनशील पक्षहरू र यसबाट पर्न जाने मानसिक र मनोबैज्ञानिक असरहरू के हुन सक्छन भन्ने चिन्तनतिर लाँदोरहेनछ ।

जुन भावना पलले दिएको थियो समिक्षालाई त्यसैमा लठ्ठ परेकी समिक्षाले पलको त्यो भावना नभेट्नु १७ बर्षे केटिको लागि “ट्रौम्याटिक“ अनुभव हुनसक्छ । अनुसन्धान र बिज्ञानले पनि त्यहि भन्छ । भावनात्मक निकटताको चाहना केटाको मात्र हुने होईन, केटीको पनि हुन्छ तर उनीहरू एउटा हदसम्म त्यो चाहनालाई आफ्नो काबुमा राख्न सक्छन किनकि उनीहरूको हर्मोनहरू निस्क्रिय हुन्छन, पुरुषको तुलनामा। पुरुषलाई भने हतारो हुन्छ र कसरी हुन्छ बिपरित लिङ्गको नजिक जतिसक्दो चांडो पुगौ र प्यासचै भने मेटाई हालौं । त्यो रफ्तारमा एउटा पुरुष जति पनि ’नाइस’ हुन् सक्छ, भावनामा पोखिन्छ र त्यो मुद्रामा उसले म तिमीलाई आफ्नै बनाउँछु, बिहे गरेरै लान्छु पनि भन्नसक्छ। सायद त्यो क्षण समिक्षा उसको बोलि, भावना र ‘केयारिंग’मा मोहित भईन र आफूलाई पÞmुकाईन ।

समिक्षा भन्छिन “म गाउँबाट आएकी केटी। मैले कोसँग भन्ने ? नजिकको साथि र पललाई नजिकबाट चिन्ने जो जो थिए उनीहरूलाई गएर पोखे मेरो मनको कुरा“। अब त्यो पलका साथीहरूका लागि अवसर भयो वा कर्तव्य ? उनीहरूले समिक्षालाई सल्लाह दिए आफ्नु तरिकाले, खैर उनीहरूको भित्रि इच्छा के थियो पल र समिक्षालाई मिलाउने वा, पललाई तहसनहस पार्ने? समिक्षालाई त्यसको के मतलब ? उसले त पलले जस्तो आफ्नाकुराहरू राख्न सकिरहेकी पनि त थिइन्। पलले जस्तो पाठक र दर्शकको माया पनि त पाईरहेकि थिइन् , बरु उल्टै समिक्षाकै गल्ति देख्नेहरू थिए सोसल मिडियामा।

एउटा नाबालिकाले ’मेरो भावनासँग पलले पटक पटक खेल्यो भनिरहँदा पनि, उक्त सम्बन्धलाई साधारणकृत गर्दै आएका पाठकीय प्रतिक्रियाले भने अझैपनि पितृसत्ताको हावी कति रहेछ भन्ने देखिन्छ ? पलको अडियोमा पलले सजिलै “बच्चा भएको भए म बिहे गर्थे, सम्बन्ध रहनु त साधारण कुरा हो“ भन्न सक्नुले पुरुषलाई पितृसत्ताले कति धेरै बल दिएको छ भन्ने बोध हुन्छ । अब आजको समाजमा आईसक्दा शारीरिक सम्बन्ध हुनु भनेको ठुलो कुरा होईन तर प्रश्न फेरिपनि समिक्षाले भनेजस्तो “भावनासँग खेल्ने काम” भयो कि भएन भन्ने हो? अझ ठुलो कुरा त पलले नाबालिककासँग गरेको सम्पर्कको कुरा हो। बिबाह गरेर त पत्नीको इच्छा बिपरित सम्पर्क गर्दा करणी हुन् जान्छ भनेर नेपालको कानुनले भनेको छ भने एउटी “अन्डर एज“ कि युवतीको भावानलाई आफ्नो बनाएर सम्पर्क गर्नु भनेको त सरासर करणी नै हुनेभयो। मुलुकी अपराध संहिता २०७४ का अनुसार, “कसैले कुनै महिलालाई मञ्जुरी लिएर पनि १८ बर्ष भन्दा कमि उमेरको बालिकालाई यौन सम्पर्क गरेमा जबर्जस्ति करणी गरेको मानिनेछ। “

पितृसत्ताभित्रका पत्रकारहरू स्वयमलाई थाहा हुन्न कस्ता प्रश्न र समाचारले नाबालिक युवतीको मनोविज्ञानलाई अझ विछिप्त बनाउँछ र सिधै छापिदिन्छन यौनहिंसा पीडित नाबालिगको तीन पुस्ते सार्वजनिक गरेर। कतिले समिक्षालाई यो पनि प्रश्न सोध्न सक्छन। “के तपाईंलाई पलले बिहे गर्छु भनेको भए तपाईंले उजुरी हाल्नु हुन्थ्यो?“ त्यो पनि फेरी अर्को पितृसत्तात्मक प्रश्न हो। समिक्षाले के गर्थिन या गर्दीनथिन भन्ने होईन ? त्यो त्यतिबेला नै उनीहरू बीच हुन्थ्यो त्यसको निर्णय तर जब बाहिर आउँछ एउटी नाबालिकामाथिको सम्पर्कको कुरा अब त्यहाँ स्वत पलको गल्ति देखिन्छ, यदि सहमतिमै त्यो सम्पर्क भएको थियो भने पनि।

फेरी अर्को प्रश्न उठ्न सक्छ, “यत्रो समय चै किन समिक्षाले उजुरी दीईनन ?“ त्यो पनि फेरी पितृसत्तात्मक प्रश्न नै हो। अमेरिकातिरको अभ्यास हेर्ने हो भने नाबालिका उमेरमा शारीरिक सम्पर्क भएका मुद्दा त १८/१९ बर्ष काटेपछि पनि युवतीलाई आफूमाथि करणी भएको महसुश भएपछी मुद्दा दर्ता भएका र दोषी व्यक्ति सजायको भागिदार भएको छ भने प्रश्न समयमै उजुरी दिनु भयो या भएन भन्ने होईन। अझ अमेरिकाको सन्दर्भमा हेर्ने हो भने त कति बर्ष अगाडीका ’सेक्सुअल ह्यारेस्मेण्ट’का मुद्दा ’मि टु मुभमेन्ट’ आए लगतै बग्रेल्ती भेटिएका छन् र दोषीहरू जेल चलान भएका छन्। एक प्रतिष्टित अमेरिकी धनाड्य जेफ्री इपिस्टनमाथि कयौं बर्ष पछाडी आएर नाबालिका माथि गरेको यौनसम्पर्कका कारण आरोपित भई जेल चलान हुनुपरेको थियो र त्यहीँनै उनले आत्महत्या पनि गरेका थिए। हिजोका दिनमा नाबालिकाको स्विकिर्तिमै शरिरिक सम्पर्क गरेका थिए भनेपनि तर्क के हो भने उनीहरू१८/१९ बर्षको नहुन्जेल उनीहरूमा मानसिक परिपक्वता नभएको हुनसक्छ र पछि फर्केर हेर्दा उनीहरूलाई आफूमाथि यौन दुराचार भएको महशुस गर्न सक्छन र उजुरी दिन सक्छन । हाम्रो नेपालकै कानुनलेपनि प्रष्ट भनिदिएको छ ।

यी सबै थाहा हुँदा हुँदै, आँखा अगाडि छर्लंगै सबै प्रष्ट हुँदा हुँदै पनि विभिन्न प्रतिक्रिया आउनु, पललाई प्राय धेरै युवा पुस्ताले सपोर्ट गर्नु र समिक्षालाई नै गल्ति देख्नु भनेको पितृसत्तासोचको हाबी नै हो भन्न सकिन्छ र जसबाट हामी, हाम्रो पिडी सबै पिडीत छ, सोचमा, चिन्तनमा , र ब्यबहारमा। र यो सत्ताबाट पिडीत महिला वा युवती मात्रै होईन पुरुष पनि छ, नत्र पल शाह पनि यो स्थितिमा आईपुग्नु पर्ने अवस्था हुने थिएन।

यी घट्नाले रिलका नायकहरू वा नायिकाहरू रियल लाइफमापनि समाजका नायक वा नायिका बन्न सक्छन कि सक्दैनन् भन्ने प्रश्न उठेको छ ? पल र समिक्षाको मुद्दालाई अब अदालतले नै हेर्ला र सहि निर्णय गर्ला तर यी घटनाहरूले एउटा गम्भीर प्रश्न हाम्रा सामू तेर्साएको छ कि हामीले हाम्रा पिडि वा सन्तानलाई कस्तो शिक्षा दिने जसले गर्दा यस्ता घट्नाहरू फेरी नदोहोरियून। र हाम्रो पितृसत्तालाई हामीले कसरी बुझ्ने र बुझाउने ?


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope