आलोपालो क्षेत्रीय सभापति बन्ने सहमति


नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई–दुई वर्ष सभापति बन्ने सहमति गर्नुभएको छ ।

कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उम्मेदवारले बराबर मत ल्याउनुभएको थियो ।

मत बराबरी भएपछि गोलाप्रथा गर्न उम्मेदवारहरू राजी नहुँदा नवलपुर–२ मा कांग्रेस सभापतिको टुङ्गो लाग्न सकेको थिएन । मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार गुरुङ र कार्कीले समान ३९४ मत प्राप्त गर्नुभएको थियो । मत बराबर भएपछि गोला प्रथा गर्ने वा पुनः मतदान गर्ने वा पुनः मतगणना गर्ने वा बदर मतको आधारलाई कुन मान्ने भन्ने विषय टुङ्गोमा पुग्न सकेको थिएन । दुवै पक्षबीचको छलफलपछि दुइ–दुई वर्ष कार्यकाल विभाजन गर्ने सहमति भएको जिसीले जानकारी दिनुभयो ।

यसैबीच नेपाली कांग्रेस नवलपुरको सहमति नभएका पदमा आज मतदान हुने भएको छ । सहमति नभएका पदमा अहिले बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरू गरिएको निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो ।

यसअघि जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन हुनुभएको छ । त्यस्तै नवलपुर क्षेत्र नं १ को महासमिति सदस्य खुलातर्फ पाँच जना निर्विरोध चयन हुनुभएको छ । निर्विरोध निर्वाचित हुनेमा ओमप्रसाद सापकोटा, गजेन्द्रबहादुर आले, मदनभक्त अधिकारी, गणेश सापकोटा र गोकुल सापकोटा रहनुभएको छ । त्यस्तै खसआर्यतर्फ भरत तिवारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । अन्य पदका लागि मतदान हुँदैछ । मतदान प्रक्रियामा जिल्लाका कूल एक हजार ९७२ मतदाताले मतदान गर्नेछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope