प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौँ, २५ फागुन (रासस)ः
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोतोँ नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि मङ्गलबार राजधानी आइपुगेको हो । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधिमण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि हुनुहुन्छ ।
सो भेटका अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम रहिआएको नेपालको मित्रराष्ट्र फ्रान्सले नेपालका आर्थिक, सामाजिक क्षेत्रमा पु¥याउँदै आएको सहयोगको सराहना गर्नुभयो
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस