छोरी शिक्षाअन्र्तगत छात्रवृत्ति प्रदान


तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । छोरी शिक्षाअन्तर्गत तानसेन नगरपालिकाभित्रका ७० जना छोरीलाई पढाउन थालेको हो ।

नीति तथा कार्यक्रममा नै छोरीको शिक्षामा जोड दिँदै नगर सरकारले छोरी शिक्षा कार्यक्रम ल्याएको हो । अहिले ४७ जना छोरीलाई छात्रवृत्ति वितरण गरिएको र थप २३ जनाको स्थान रिक्त भएकोकम छिट्टै छनोट गरी छात्रवृत्ति प्रदान गरिने तानसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनुभयो । छात्रवृत्तिका लागि नगरपालिकाको मापदण्डअनुसार १ दशमलव ६ जिपिए ल्याएको हुनुपर्ने छ ।

नगरपालिकाले कक्षा ८ मा अध्ययनरत छोरीलाई प्रतिमहिना रु एक हजारका दरले वितरण गरी शिक्षा क्षेत्रमा अगाडि बढाउने योजनाका साथ कार्यक्रम सञ्चालन गरेको हो । आगामी वर्षमा छोरीहरुको स्वास्थ्य, कृषि, इन्जिनियरलगायतका प्राविधिक विषयमा पहुँच वृद्धि हुनेछ ।

तानसेन नगरप्रमुख अशोककुमार शाहीले छोरीहरुको अभिभावकत्व ग्रहण गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउँदै अझै उच्च शिक्षामा पनि अभिभावकत्व ग्रहण गर्ने योजनाअनुसार कार्यक्रम बनाएको बताउनुभयो । व्यावसायिक तथा प्राविधिक शिक्षामा छात्राको सङ्ख्या वृद्धि गर्न र छोरीले पढ्ने अवसर पाउन भनेर नै नगर सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार यो कार्यक्रम ल्याएको नगरप्रमुख शाहीको भनाइ छ । अहिले ४७ छोरीलाई छ महिनाको रु छ हजारका दरले रु दुई लाख ८२ हजार छात्रवृत्ति प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope