सामाजिक सन्जालले टेढाएको आत्मिक सम्बन्ध

मान्छे परिवारमा भएर पनि एक्लो जीवन बाँच्दैछ । छोराछोरी “फिलिङ टेन्सन” भनेर फेसबुकमा पोष्ट्याउन भ्याउछन् तर त्यो टेन्सन के हो आफनै परिवारसँग बाड्न चाहाँदैनन् ।


एकाविहानै मेरो फेसबुकको भित्तामा जन्मदिनको शुभकामना आयो । यसो हेरे मेरी छिमेकी दिदिको रहेछ । आफनो जन्मदिनको शुभकामना पाएर खुशी हुँदै मैलेपनि फेसबुकमै जवाफ र्फकाए । “धन्यवाद दिदी” भन्दै । त्यसको केही घण्टा नवित्दै तिनै दिदि र म तरकारी पसलमा भेट भयौँ । एकदम आमने‒सामने । म खिस्स हाँसे, दिदिले पनि हाँसो र्फकाइन् । केहि घण्टा अगाडी मात्रै फेसबुकमा जन्मदिनको अनेकौँ शुभकामना दिने दिदिसँग केही घण्टा पनि नबित्दै भेट हुँदा बोल्ने शब्द त्यहि “ह्याप्पी बर्थडे” पनि थिएन किनकि त्यो अगि दिइसकेको थियो । तर फेसबुकमा भने कमेन्ट र त्यसको रिप्लाई तुरुन्त दिन हामीलाई नै भ्याईनभ्याई हुन्छ ।

सामाजिक सन्जालमध्यको एक फेसबुक, धेरैको हाँसो, खुसी, दुःख, सुख, आरोह अवरोह बिसाउने चौतारी भएको छ । मानिसहरु मान्छेको प्रत्यक्ष साथ भन्दा पनि फेसबुकमा आएका कमेन्टको साथमा नै अब्यस्त हुँदै गइरहेका छन् । हिजो आज केहि कुरा बोलिरहन पनि नपर्ने भएको छ । को कहाँ जादैछ ? दिनभरी के—के ग¥यो ?कसलाई भेट्यो ? दुखी भयो कि खुसी सब कुरा फेसबुकबाट थाहा पाइने भएको छ ।

यती मात्रै हैन फेसबुकमा अनेकौँ साहित्य छाँटेर लेख्ने र विचार ब्यक्त गर्ने मान्छे धेरै छन् । फेसबुकमा पोष्टाईएका कुराहरू हेर्दा लाग्छ, यहाँ नजान्ने र नबुझने कोही छैनन् । सबै एक से एक । मान्छेहरू “फिलिङ ह्याप्पी”भन्दै खुसी बाँढिरहदा यस्तो लाग्छ, साँच्चै मान्छे कति खुसी छ, जीवन जिउन जान्यो उसले । तर बास्तबिकता भने अर्को छ । केही बाहेक अधिकाँश मानिसहरू सामाजिक सन्जालमा ब्यक्त गरीएका त्यही भाव, त्यहि विचार ब्यक्तिगत जिवनमा राख्न वा अवलम्बन गर्न भने नसकेको तितो यथार्थ हाम्रो सामु छ । न त त्यहाँ गरेका ठूला-ठूला आदर्शको कुरा आफनो जीवनमा लागू गर्न नै सक्छ मानिस । न त त्यहाँ देखिएको खुसीलाई बास्तविकतामा नै अनुभुत गर्न सक्छ ।

परम्परागत समाज र अहिलेको समाजमा आकाश पातालको फरक छ । एउटै गाउँका बुढापाकालाई चिन्दैन अहिलेको पुस्ता । जो एउटै धाराको पानी खान्छन् तर एकअर्कामा अन्जान छन् । को भन्दा को कम भन्ने सोच र पहिला को झुक्ने भन्ने घमण्डले गर्दा नै मानिस—मानिस विच दुरी बढ्दै गएको छ

खुलेर भन्ने हो भने कतिपय अवस्थामा मात्र देखावटी बन्दै गइरहेको छ सामाजिक सन्जाल । फेसबुकमा जुन रुपमा कुराहरू ब्यक्त हुन्छन् त्यही रुपमा सबैले आफनो वास्तबिक जिन्दगीलाई बुझ्ने र त्यही अनुसार जीउने हो भने पनि समाजमा उदासिनता, नैराश्यता , बैराग्य जस्ता कुराहरु हटेर जाने थियो । तर हैन हामीलाई लाइक र कमेन्टको लेखाजोखा गर्नुछ ठूल–ठूला कुरा गरेर ।

प्रविधिले विश्वलाई नै सानो गाउँमा सिमित गरेसँगै प्राचिन समाजमा हुने मानिस–मानिस विचको आत्मियतामा भने कमी ल्याएको देखिन्छ । एक अर्काको अनुहार हेरेर बोल्ने ,समय भयो भने भेटेरै आँखामा आँखा जुधाएर दुःख सुखका कुराहरू बाँड्न आजकाल मानिसहरुलाई फुर्सद नै छैन । केहि गरेर कहींकतै भेटिहाले पनि मानिसहरू एकअर्कासँग आफना कुराहरू राख्ने काम थोरै तर मोवाइल र त्यसमा भएका अपडेट हेर्न धेरै समय दिन तलिल्न हुन्छन ्।

उदाहरणका लागि छिमेकीको घरको कोही सदस्य हस्पिटल भर्ना हुँदा अर्को छिमेकीले फेसबुकबाटै गेट वेल सुन अर्थात “छिटो निको हुनु” भनेर शुभेच्छा प्रकट गर्छन् । तर त्यही कुरा प्रत्यक्ष भेटेर ढाडस दिन भने समय छैन मानिससँग । मानिस सामाजिक प्राणी भएसँगै सुखदुखमा अन्य मानिसहरूको साथ र सहयोग चाहान्छ, तर हिजोआज साथ सहयोग पनि फेसबुकमा लेखिने निर्जिव शब्दहरुमै सिमित हुन थालेका छन् ।

परम्परागत समाज र अहिलेको समाजमा आकाश पातालको फरक छ । एउटै गाउँका बुढापाकालाई चिन्दैन अहिलेको पुस्ता । जो एउटै धाराको पानी खान्छन् तर एकअर्कामा अन्जान छन् । को भन्दा को कम भन्ने सोच र पहिला को झुक्ने भन्ने घमण्डले गर्दा नै मानिस—मानिस विच दुरी बढ्दै गएको छ । त्यस्तै केहीको त यहि फेसबुकका कारण घरपरिवार नै तहननहस भएको उदाहरण पनि नभएका हैनन् । कसैले फेसबुकमा राम्रो लाएको , खाएको पोष्ट देखेपनि भित्रभित्रै जलन भएर उसको जस्तै बन्न खोज्दा र त्यस्तै रहर गर्दा धेरैको जिन्दगी जहर भएको छ ।

फेसबुकको नशााले मानिसलाई यतिसम्म लालायित बनाएको पाइयो कि मानिस आफनै जन्म दिने आमाको अवसान हुँदा पनि आमाको लाशसँग सेल्फी खिचेर पोष्टाउन भ्याउँछ । आफूलाई जन्मदिने आमा गुमाएको केहि क्षण पनि नवित्दै मोवाइलमा रोइलो गर्न सक्छ मान्छे ।

फेसबुके रहरले आफनो घरपरिवारमा जहर भरिएको भेउ पाउन मानिस सकिरहेको छैन । न उ खुशी छ अर्काको प्रगती देखेर, न स्वयं आफैमा रमाउन सकेको छ । त्यसमा पनि देखासिकि गर्ने बानीले त मान्छेलाई स्थार्थी र मतलबी बनाएको छ । सामाजिक सन्जालको जन्जालले यसरी घेरेको छ कि मानौँ मानिस माकुराको जालो भित्र रुमल्लिरहेको छ । विहानै फेसबुकमा जन्मदिनको शुभकामना दिएको मान्छे दिउँसो भेट भो भने त्यहि शुभकामना प्रत्यक्ष दिन सक्दैन । टेक्नोलोजीका नाममा विद्युतीय उपकरण र सामाजिक संजालले मानव भएर उसमा हुनुपर्ने आत्मियता, मानवता, दया माया सबै आफनो नियन्त्रणमा लिएको झै लाग्छ ।

फेसबुकको नशााले मानिसलाई यतिसम्म लालायित बनाएको पाइयो कि मानिस आफनै जन्म दिने आमाको अवसान हुँदा पनि आमाको लाशसँग सेल्फी खिचेर पोष्टाउन भ्याउँछ । आफूलाई जन्मदिने आमा गुमाएको केहि क्षण पनि नवित्दै मोवाइलमा रोइलो गर्न सक्छ मान्छे । आमा रहनुभएन,यस्तो हुनुहुन्थ्यो, उस्तो हुनुहुन्थयो भनेर टाइप गर्न औलाँ पनि कसरी दोैडिन सकेका । सम्झदा पनि अचम्म लाग्छ । यसरी सँवेदना सुन्य हुँदै जाने हो भने भोलीका दिनमा हामी मान्छे रहदैनौ, हामी मात्र ब्याट्रीबाट चल्ने रोर्वट जस्तै हुनेछौ । जसको न मुटु हुन्छ, न माया, न आवेग न सम्वेग । केबल संवेदनाशुन्य ।

एउटा परिवारमा प्राय सबैकोे हातमा मोवाइल हुन्छ । मान्छे परिवारमा भएर पनि एक्लो जीवन बाँच्दैछ । छोराछोरी “फिलिङ टेन्सन” भनेर फेसबुकमा पोष्ट्याउन भ्याउछन् तर त्यो टेन्सन के हो आफनै परिवारसँग बाड्न चाहाँदैनन् । यसरी परिवारकै सदस्यहरू पनि एक अर्कामा अन्जान बन्दैछन् । एक अर्काको आत्मियताबाट टाढिदै छ समाज । पहिला‒पहिला एउटा समस्या परेको मान्छेको समस्या समााधान गर्न गाउँ नै एकजुट हुन्थ्यो तर हिजो आज आफनै परिवारबाट पनि सहयेग पाउन मुस्किल छ ।

आफनै मनमौजीमा रमाएको मानिसलाई पनि सामाजाकि सन्जालले दास बनाइरहेको छ । केहि मान्छे केहि पल ईन्टरनेट भएन भने, फेसबुक चलाउन पाएन भने बेचैन हुनेसम्मको एडिक जस्तै भएका भेटिन्छन् । मानिस आफूले आफैलाई बुझन, र माया गर्न विर्सेको छ । विहानै उठेर शारिरिक ब्यायाम गर्न अल्छी लाग्छ तर बेडमा कसले के भन्यो, कसले आफनो स्टाटसमा लाइक र केमन्ट ग¥यो त्यो हेर्न गज्जवले जाँगर चलाउँछ ।

हरेकका आफनै फाईदा बेफाइदाहरु छन् । भनिन्छ नि, प्रयोग गर्न जाने अमृत नत्र विष । सामाजिक सन्जालको मन्द विषले मान्छेलाई भित्रभित्रै सकाइरहेको झैँ देखिन्छ । मान्छेले सामाजिक सन्जाल नियन्त्रणमा राख्ने हो, सामाजिक सन्जालले मान्छेलाई हैन । त्यसैले यसलाई पनि सिमित समयको लागि महत्व दिँउ तर जिन्दगी नै यही हो, यो विना जीवनमा केहि छैन जसरी प्रयोग गर्न उद्धेलित नहौउ । तपाईको वरिपरी यस्ता थुप्रै कुराहरु हुनसक्छन् जसले तपाईलाई मोवाईल, ईन्टरनेट र सामाजिक सन्जालले भन्दा पनि बढि खुसी राख्न सक्छन् । सहि समयमा सहि कुरालाई महत्व दिउँ, आफू पनि रमाउँ अरूलाई पनि खुसी बनाऔँ ।

लेखक कृपा भण्डारी समयसमाचारकि सम्पादक हुन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope