गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने


राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ ।

जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ ।

जजिराले हाल काठमाडौँमा समेत नियमित उडान गरिरहेको छ । हालै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आगामी वैशाख १ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्नेछ ।

उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिनुभयो । उहाँले व्यावसायिक उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope