‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’को महत्वमाथि छलफल

काठमाडौं । नेपाली पत्रकारितासम्बन्धि अनुसन्धानमा आधारित पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ (Global Perspectives on Journalism in Nepal) प्रकाशित भएको छ । नेपाल भित्र र बाहिर रहेका २१ जना पत्रकारिता/सञ्चार अध्येताहरुको लेखनलाई समेटेर तयार पारिएको पुस्तक बेलायतको ख्याती प्राप्त प्रकाशन गृह राउटलेजले प्रकाशित गरेको हो ।
उक्त पुस्तकको महत्वमाथि पत्रकारितामा खोज र अनुसन्धान गरेका व्यक्तिहरू मध्ये उपस्थित क्रमश: डा. कुन्दन अर्याल, लक्ष्मण हुँमागाई, लेखनाथ पाण्डे, डा. तुलसी आचार्य, प्रवेश सुबेदी, डा. हर्षमान महर्जन, लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो भने, आ-आफ्ना अनुसान्धानका बारेमा पनि बताउनु भएको थियो। डा. अर्यालले भन्नुभयो, ‘ खासगरी मिडिया रिसर्च परम्परालाई अगाडि बढाउने एउटा महत्वपूर्ण घटना पनि हो यो । यसले हामी सबैलाई उत्साहित पनि बनाएको छ ।”
नेपाल विज्ञापन बोर्डका अध्यक्ष समेत रहनुभएका लक्ष्मण हुँमागाईले भन्नुभयो, ‘एउटा इन्डिपेन्डेन्ट नियमक निकाय बनाउन र त्यसबाट मिडियाको रेगुलेट गर्यौं भने अहिलेको समस्याको समाधान पनि गर्न सकिन्छ । तर त्यो भन्दा पनि बढि चर्चा नेपाली मिडियालाई हेर्ने अन्तराष्ट्रिय बारेमा अध्ययन गर्न जुन ग्याप थियो, त्यसलाई भने यसले फुलफिल गर्छ भन्ने मलाई लागेको छ ।’

पुस्तक भित्र चार खण्डमा १८ परिच्छेदहरु समेटिएका छन् । व्यवसायिक दृष्टिकोण शीर्षकको पहिलो खण्डमा एक्काईसौं शताब्दीमा नेपाली पत्रकारिता र दृष्टिकोण डा. भानुभक्त आचार्य र डा. श्याम शर्मा, मिडियाको जवाफदेही संयन्त्रका रुपमा प्रेस काउन्सिल नेपाल डा. भानुभक्त आचार्य, श्रीमन शर्मा र डा. समीक्षा कोइराला, प्रशारण माध्याममा नीतिगत सुधार लक्ष्मण हुँमागाई र डा. तुलसी आचार्य, विदेशबाट सञ्चालित नेपाली अनलाईन मिडियाको दीगोपना र व्यवसायिक विकास भगीरथ योगी र डा. जगन कार्की र नेपाली समाचार कक्षमा डिजिटल रुपान्तरण प्राध्यापक रामकृष्ण रेग्मी समावेश गरिएको छ ।
त्यसैगरी प्राज्ञिक दृष्टिकोण, सामाजिक–राजनीतिक दृष्टिकोण, प्राविधिक दृष्टिकोण पनि पुस्तकमा समावेश गरिएको छ । अढाई वर्ष लामो गहन र सामूहिक मेहनतपछि प्रकाशित पुस्तक मिडिया अध्येताद्धय डा. भानुभक्त आचार्य र डा. श्याम शर्माले सम्पादन गरेका छन् । ३२० पृष्ठ रहेको पुस्तक नेपालको पत्रकारिताको बस्तु स्थितिलाई विश्वमा परिचित गराउन महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास त्यहाँ उपस्थित सबैजनाले गर्नुभएको थियो।
‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ पुस्तक रुटलेजको आफ्नो गृहपृष्ठमा तथा अनलाईन बजार अमेजनमा पनि उपलब्ध छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस